Sunday 8th March 2026

कुवेतमा कोरोनाको त्रास: स्कूल,कलेज,र चर्च, बन्द


तितोपाटी-कोरोना भाइरस संक्रमणको जोखिमबाट सुरक्षित रहन कुवेतमा दुई हप्ताका लागी सम्पूर्ण स्कूल, कलेज,र चर्च, बन्द गरिएको छ।त्यस्तै धेरै मानीसहरूको जमघट तथा कुनैपनी ठुला मनोरञ्जनात्मक कार्यक्रमहरु नगरीदिन र नजान गत हप्ता कुवेत सरकारले सूचना जारी गरेको थियो।

गत डिसेम्बरबाट चीनको वुहानहुँदै फैलिएको कोविड–१९ नामको नयाँ कोरोना जीवाणु (भाइरस) कुवेतमा पनि बढ़ने क्रम जारीरहेको छ ।आज थप १ जनामा  प्रमाणित भएसंगै कुवेतमा संक्रमितको संख्या ४६ पुगेको कुवेतस्थित स्वास्थ्य मन्त्रालय (Moh)ले जनाएको छ ।संक्रमित देखिएका धेरैजसो पछिल्लो समय ईरानको तेहरान शहर देखि फर्किएका कुवेती नागरिक छन् ।

कोरोना सङ्क्रमण रोकिनुको साटो एसियादेखि युरोप हुँदै शनिवार सम्म अफ्रिकी लगायत ५७ देशमा कोरोना सङ्क्रमित व्यक्तिहरु देखिए संगै साउदी अरेबियाले मुस्लिम समुदायको पवित्र धार्मिक तिर्थस्थल मक्काको भ्रमणमा विदेशी नागरिकमाथि कडाई गरेको छ।

कुवेतमा प्राथमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयहरु बन्द हुँदा त्यसबाट झण्डै हजारौ विद्यार्थीहरू घरमै बस्नु पर्नेछ। त्यस्तै कुवेतमा नेपाली सामाजिक संघ संस्थाद्वारा आयोजना हुने गरी पूर्व तयारी गरिएका खेलकुद र सांगीतिक तथा विभिन्न कार्यक्रमहरु कुवेत सरकार द्वारा अर्कों सूचना जारी नहूंजेल सम्मको लागी रद्द गरिएको छ।

विश्वमा कोरोनाको सङ्क्रमण बढेसँगै कतिपय देशले आवत जावतमा प्रतिबन्ध लगाएका छन। अफ्रिकी मुलुक नाइजेरियामा समेत शुक्रबार एक व्यक्तिमा कोरोनाको लक्षण देखिएको छ।

कोरोनाबाट सङ्क्रमित भएका व्यक्तिहरुको संख्या करिब ८५ हजार रहेको छ भने ३ हजारको मृत्यु भइसकेको छ र यसबाट चीन सबैभन्दा बढी प्रताडित छ। तर दक्षिण कोरियामा पनि कोरोना सङ्क्रमितको संख्या ३५ सय नाघिसकेको छ भने १७ जनाको मृत्यु भइसकेको छ।अरु केही मुलुकमा पनि सङ्क्रमित व्यक्तिको संख्या बढ्नुका साथै मृत्यु हुने व्यक्तिहरुको संख्या निरन्तर बढेको छ । मध्य पूर्वमा कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु ईरानका अधिकारीहरूले शनिवार सम्म २६ जनाको मृत्यु भएको बताए पनी, बाहिरी समाचार अनुसार मृतकको संख्या आधिकारिक तथ्या भन्दा धेरै रहेको बताएका छन। त्यस्तै कुवेतमा बढ्दो कोरोनाभाइरसको सक्रमण रहेकोले नेपालीहरुलाई सतर्कता अपनाउँन गत विहिवारका दिन कुवेतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै कोरोनाबाट बच्न उच्च सावधानी अपनाउन आग्रह समेत गरेको थियो।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...