Saturday 11th April 2026

‘आमा’ नाम जस्तै, वर्षको हेर्नलायक नेपाली सिनेमा


नेपाली सिनेमामाथि आरोप छ- यिनमा नेपाली समाज र यथार्थ भेटिन्न।यो आरोप धेरैजसो सिनेमाको हकमा सही पनि हो। नेपाली सिनेमाका कथा यथार्थसँग भन्दा पनि स्वैरकल्पनासँग नजिक छन्। ती स्वैरकल्पना पनि सिनेमाका रुपमा पर्दामा उपस्थिति कमजोरै रहँदै आएको छ। यद्यपी बेलाबेला नेपाली सिनेमाले केही पृथक दिन्छ।

गत शुक्रबार रिलिज भएको दीपेन्द्र के खनाल निर्देशित ‘आमा’ एउटा त्यस्तै सिनेमा हो। चार वर्ष पहिला ‘पशुपति प्रसाद’ मा भुइँमान्छेको कथा भनेर नेपाली दर्शकलाई एउटा उत्कृष्ट समय पस्किएका दीपेन्द्रले त्यही प्रयास ‘आमा’ मार्फत गरेका छन्।

सिनेमाले नेपाली समाजको वर्तमान अवस्था बोलेको छ।

सन् १९५७ मा मेहबुब खानको निर्देशनमा ‘मदर इण्डिया’ नामक सिनेमा रिलिज भएको थियो। ‘मदर इण्डिया’ले एउटी भारतीय महिलालाई ‘विम्व’का रुपमा प्रस्तुत गर्दै कसरी उनी आफ्नो आत्मसम्मानमा सम्झौता रक्षा गर्दै सत्यको पक्षमा विशेषगरी नारी गरिमाको लागि सन्तान मोह त्यागेर न्यायको बाटो रोज्छिन् भन्ने देखाएको थियो। यसका अलावा कृषि प्रधान तात्कालीन भारतको समाज पनि सिनेमाले प्रस्तुत गरेको छ।

तर ठीक यसको विपरित दीपेन्द्रको ‘आमा’ सिनेमाले भने अप्रिय परिस्थितिसँग जुध्न विवश एउटी आमा-श्रीमतीको कथा भन्छ। सिनेमाले भाइ, छोरा श्रीमान मुग्लान पसेपछि यता आमा, श्रीमती र दिदीबहिनीले भोग्नुपर्ने पीडा र गर्नुपर्ने संघर्ष देखाउँछ।

सिनेमाले लडेपछि टाउकोमा रगत जमेका एक पात्रलाई उपचारका लागि अस्पतालमा भर्ना भएपछि उनीहरूले भोग्ने पीडा र त्यसबाट उम्कन गर्ने संघर्ष पेस गर्छ।

-सेतोपाटीबाट

सम्बन्धित शीर्षकहरु

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

होर्मुज जलडमरूमध्यबारे इरानले “नयाँ चरण” मा जाने संकेत गर्नु केवल भाषण मात्र होइन, क्षेत्रीय कूटनीति र विश्व ऊर्जा बजारलाई सीधा…

इजरायली सेनाले दक्षिण लेबनानमा हिज्बुल्लाहका “सैन्य ठेगाना” र रकेट लन्च साइटहरूलाई लक्षित गर्दै ठूलो हवाई हमला गरेको जनाएको छ। इजरायलले…

प्रतिकृयाहरू
...