Friday 13th March 2026

रसियन टेनिस स्टार सारापोवाद्वारा टेनिस खेलबाट सन्यासको घोषणा


तितोपाटी – रसियन टेनिस स्टार मारिया सारापोवाले टेनिस खेलबाट सन्यास लिने घोषणा गरेकी छन्। पाँच पटकसम्म ग्रयाण्ड स्लेम विजेता रहिसेकेकी शारापोवाले ३२ वर्षकै उमेरमा बुधबार टेनिसबाट सन्यासको घोषणा गरेकी हुन्। सारापोवा टेनिस खेलमा सर्वाधिक पारिश्रमिक लिने महिला टेनिस खेलाडी हुन।

साइवेरियामा जन्मेकी शारापोवा सन २००४ मा १७ वर्षकै उमेरमा सेरेना विलियम्सलाई हराएर एकाएक चर्चामा आएकी थिइन्। सन २००६मा यूएस ओपनको उपाधि जितेकी शारापोवा २००८ मा अस्ट्रेलियन ओपन, २०१२ मा फ्रेन्च ओपनको र २०१४ रोल्याण्ड ग्यारोसको समेत उपाधि विजेता हुन्। उनी २००५ मा विश्व वरियतामा शीर्ष स्थानमा आएकी थिइन्। विश्व वरियतामा शीर्ष स्थानमा पर्ने उनी पहिलो रसयिन टेनिस महिला खेलाडी हुन्।

१०१६मा भएको अस्ट्रेलियन ओपन अन्तरगतको खेलमा उनले प्रतिबन्धित औषधिको प्रगोग गरेसँगै १५ महिनाका लागि खेलमा प्रतिबन्ध लगाइएको थियो। १५ महिनापछि फेरि टेनिस जगतमा फिर्ता भएकी उनले उनले सन्तोषजनक प्रदर्शन गर्न सकेकी थिइनन्।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

प्रतिकृयाहरू
...