Thursday 12th March 2026

एनआरएनए भलिबल प्रतियोगिता तत्कालको लागि स्थगित


तितोपाटी – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले कुवेतको राष्ट्रिय दिवसको अबसरमा भोली २५ फेब्रुअरी २०२० मंगलबारको दिन मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा खेलाउन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिता तत्कालको लागि स्थगित गरेको छ । एनआरएनए कुवेतले एक सूचना जारी गरि विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण कुवेतमा पनि इमर्जेनसीको अबस्था आएकोले अर्को सूचना नभए सम्मको लागि एनआरएनए भलिबल प्रतियोगित तत्कालको लागि स्थगित गरिएको जनाएको छ ।

एनसीसी कुवेतका अध्यक्ष सुजन केसि र महासचिव दिल कुमार पाख्रिनद्दारा हस्ताक्षरित सूचनामा जनाइए अनुसार कोरोना भाइरसको कारण कुवेत सरकारबाट सबै सार्वजनिक कार्यक्रमहरू रद्द भएको विशेष परिस्थितिमा कार्यक्रमको अन्तिम घडीमा आएर कार्यक्रम स्थगित गर्नु परेकोमा सम्बन्धित सबैसंग एनसीसी कुवेतले क्षमायाचना गरेको छ ।

विश्वभर महामारीको रूपमा फैलिरहेको नोवल कोरोना भाइरसको कारण कुवेत सरकारले कुवेतको राष्ट्रिय दिवस मनाउने अाैपचारिक कार्यक्रम लगायत सबै सार्वजनिक कार्यक्रमहरू रद्द गरेकोले स्थानियवासीको जन-स्वास्थ्य तथा कुवेतको कानुनलाइ ध्यानमा राख्दै भोलीको भलिबल प्रतियोगिता स्थगित गरिएको आयोजक एनसीसी कुवेतका अध्यक्ष सुजन केसिले तितोपाटी डट कम सँगको कुराकानीमा बताए।

सार्वजनिक सरोकारको जन-स्वास्थ्य भन्दा एनआरएनएको भलिबल प्रतियोगित महत्वपुर्ण नभएको र खेलकुद प्रतियोगिता त पछि पनि गर्न सकिन्छ भन्दै अध्यक्ष केसिले प्रतियोगितामा सहभागी हुन लागेका खेलकुद टिम लगायत सम्पुर्ण कुवेतवासी खेलकुदेप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूमा यसबाट पर्न गएको असुविधा प्रति गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत क्षमा माग्दै कोरोना भाइरसको प्रकोप मत्थर भइ अर्को सूचना नभए सम्मको लागि भोलीको खेलकुद कार्यक्रम स्थगित गर्न वाध्य भएको बताए ।

विश्वभर संक्रमणको रूपमा फैलिरहेको कोरोना भाइरसको लक्षण कुवेतमा रहेका मानिसमा पनि भेटिएपछि कुवेत सरकारले भोली मनाउन लागेको राष्ट्रिय दिवस लगायत सर्वसाधारण जम्घट हुने प्रकृतिका सबै कार्यक्रमहरू रद्द गरेको छ भने स्वास्थ्य सम्बन्धी सचेतना बढाउँदै स्थल, जल र वायुसेवा मार्फत सिमा बाहिरबाट कुवेत भित्रनेहरूमा निगरानी कडा पारेको छ ।
एनआरएनए कुवेतको सूचना जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...