Friday 3rd April 2026

एनआरएनए भलिबल प्रतियोगिताको टाइ-सिट प्रकाशित


तितोपाटी – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले कुवेतको राष्ट्रिय दिवसको अबसरमा यहि २५ फेब्रुअरी २०२० मंगलबारको दिन मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा खेलाउन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइ-सिट प्रकाशित गरेको छ। प्रकाशित टाइ-सिट अनुसार उक्त भलिबल प्रतियोगिताको लागि जम्मा ११ टिमले सहभागिता जनाउने छन् ।

हिँजो शुक्रबार २१ फेब्रुअरीका दिन एमबि बम्जन फुटबलको खेलकुद मैदानमा एनअारएनए कुवेतका अध्यक्ष सुजन केसि, एनआरएनए मध्यपुर्व महिला संयोजक सुमित्रा देवी पाैडेल, एनआरएनए मानार्थ आइसीसी सदस्य सुरज मास्के, एनसीसी परिवार लगायत भलिबल प्रतियोगितामा प्रतिस्पर्धा जनाउने भलिबल टिमका टिम क्याप्टेन तथा प्रतिनीधिहरूको रोहबरमा गोला थुतेर सार्वजनिक गरिएको टाइ-सिट अनुसार “ए पोल” बाट ६ टिम र ‘बि पोल” बाट ५ टिम ले प्रतिस्पर्धा गर्ने छन् भने बि पोलमा रहेको बिजोडी टिमले सिधै क्वार्टर फाइनल खेल खेल्न पाउने छ।

प्रकाशित टाइ-सिट अनुसार पहिलो खेल ‘ए पोल’ मगर संघ कुवेत ए टिम र नेपाल टिम बिच हुनेछ भने दोश्रो खेल ‘बि पोल’ बाट मगर संघ कुवेत बि टिम र कल्याणकारी समाज बि टिम बिच हुनेछ । तेश्रो खेल ए पोलबाट नेपाल कुवेत सरोकार समाजको टिम र तनहुँ भलिबल टिम बिच हुनेछ भने चाैथो खेल बि पोलबाट मोना कुवेत बि टिम र स्याङ्जा समाज कुवेतको टिम बिच हुनेछ । पाँचाैं खेल सुदुरपश्चिमेली भलिबल टिम र कल्याणकारी ए टिम बिच हुनेछ भने बिजोडीमा परेको मोना कुवेत ए टिमले बि पोलबाट चाैथो खेल जित्ने टिम सँग सिधै क्वार्टर फाइनल खेल खेल्नेछ।

अन्तर-नेपाली भलिबल प्रतियोगिता बिहान ८ बजे बाट शुरू हुनेछ भने भलिबल खेल अन्तर्राष्ट्रिय स्तरको कभर्ड हलमा खेलाइनेछ। भलिबल प्रतियोगिताको स्तरियतालाइ ध्यानमा राखेर प्रतियोगित स्थलमा निकै कडा सुरक्षा ब्यवस्था रहने भएकोले प्रतियोगितामा सहभागिता जनाउने तथा प्रतियोगिता हेर्न आउने खेल प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूलाइ कुवेतको कानुनले वर्जित गरेका खानपिन नखान तथा नलैजान एनसीसी कुवेतले सबैमा अनुरोध गर्दै सहभागी सबै टिमहरूलाइ समयमै उपस्थित भै दिन तथा मर्यादित र अनुसाशित  भइ स्वस्थ्य प्रतिस्पर्धा गर्न आग्रह गरेको छ।

स्मरण रहोस, एनआरएनए कुवेतले भिआपी एरियामा कडा सुरक्षाको विच आयोजना गर्न लागेको यो भलिबल प्रतियोगिताका प्रथम, द्वित्तिय र तृतीय हुने विजयी टिमहरूलाइ नगद पुरस्कार, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ भने प्रथम पुरस्कारको राशी १५१ केडी, द्वित्तीय पुरस्कारको राशी १०१ केडी र तृतीय पुरस्कारको राशी ५१ केडि तय गरेको छ । प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट सटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट रेजरलाइ समेत ट्रफी र नगद पुरस्कार सहित पुरस्कृत गरिने भएको छ ।

 


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...