Monday 29th June 2026

कुवेतको मुत्ला दुर्घटनाका मृतकहरुको परिवारलाई सम्पर्कमा आउन दूतावासको अनुरोध


हरि कृष्ण न्यौपाने-कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा गत फेब्रुअरी १२ बुधबार,२०२० का दिन ज्यान गुमाएका ६ जना नेपाली कामदारहरुको परिवारलाई सम्पर्कमा आउन नेपाली राजदूतावास कुवेतले अनुरोध गरेको छ।

नेपाली राजदूतावास कुवेतका तृतीय सचिब मनोज कुमार सिंहले तितोपाटी डटकम संग भने “गत फेब्रुअरी १२ तारिक चिनिया कम्पनी CGGC ले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासी बालुवा र ढुंगा खसेर मृत्यू भएका ६ जना नेपाली कामदारहरु मध्ये ४ जनाको परिवारहरु अझै नेपाली राजदूतावासको सम्पर्कमा नआएकाले मृतकहरुको शब पठाउने लगायत अन्य कानुनी प्रकृया अगाडी बढाउन सकिएको छैन।”उनले थपे “तपाइहरुको संचार माध्यमबाटै मृतकहरुको परिवार तथा आफन्तहरुलाई नेपाली राजदूतावास कुवेतको सम्पर्कमा आउन आग्रह गर्दछु। कुवेतको मुत्ला दुर्घटनामा ज्यान गुमाउनेहरुको बिवरण निम्न अनुसार रहेको छ।

१)एक बहादुर गाहा -बर्ष-३०,राहदानी नं-०८३४६२७६, धैरेनी-१,चिडीपानी-पाल्पा (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति-अनिता गाहा-मृतकको नाता-श्रीमति)
२)गंगा राम चौधरी -बर्ष-४०,राहदानी नं-०६९४९९६८, दोधाना-७,सिराहा (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति-पन्नाई चौधरी -मृतकको नाता-बुबा)
३)राजु रोका मगर -बर्ष-२४,राहदानी नं-१०६२४०८६, उवा-४,थवाङ,रोल्पा(राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति-मन कुमारी रोका मगर-मृतकको नाता-श्रीमति)
४)पूर्ण बहादुर सुनारी मगर -बर्ष-२६,राहदानी नं-०६४४४००८,बंजारिया-९,धरमपुर-नवलपरासी (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति-थमन सिंह सुनारी मगर-मृतक संगको नाता-बुबा)

तृतीय सचिब सिंहका अनुसार मृतकहरु वसन्त गुरुङ -बर्ष-४१,ताप्लेजुङ र श्याम नारायण चौधरी-बर्ष-२५- दाङको पारिवार भने नेपाली दूतावास कुवेतको सम्पर्कमा आई सकेका छन। यसै गरि दुर्घटनामा घाइते भएका धर्मेन्द्र कुमार शाहको कुवेतको जाहारा अस्पतालमा उपचार भईरहेको छ भने मनोरथ मन्डल उपचार पछि क्याम्पमा फर्की सकेका छन। यसै गरि एनआरएन एनसिसि कुवेतका अध्यक्ष सुजन केसिको नेतृत्वमा एक समुहले दुर्घटनामा घाइते भएर जाहरा अस्पतालमा उपचाररत तथा उपचार पश्चात् क्याम्पमा फर्किएका घाइतेहरूलाई भेटेका छन।
माथी उल्लेखित मृतकहरुका परिवार तथा आफन्तहरुले निम्न नंम्बरहरुबाट सम्पर्क गर्न सक्नु हुनेछ।
नेपाली राजदुतावास कुवेत-००९६५-२५३२१६०३/६०५ वा हटलाईन -००९६५-९८८६९१२१


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री  स्वर्णिम वाग्ले ले भारत र चीनबाट प्राप्त हुने द्विपक्षीय ऋण World Bank र Asian Development Bank (एडीबी) को सहुलियतपूर्ण…

भारतको Himachal Pradesh मा करिब तीन लाख रैथाने नेपालीभाषी समुदायको बसोबास रहेको विभिन्न गोर्खा संस्थाहरूको दाबी छ। नेपालीभाषीहरूको सबैभन्दा बढी…

चीनले मौसमी व्यापारका लागि तिब्बतको Taklakot (पुराङ/बुराङ) प्रवेश गर्न २१२ जना नेपाली व्यापारीलाई अनुमति दिएको छ। यो अनुमति विशेष गरी…

प्रतिकृयाहरू
...