Friday 3rd April 2026

अनेसास कुवेत च्याप्टरले ‘प्रथम काव्य प्रवाह’ सम्पन्न गर्यो


तितोपाटी – अन्तर्राष्ट्रय नेपाली साहित्य समाज कुवेत च्याप्टरले प्रथम काव्य प्रवाह सम्पन्न गरेको छ। अनेसास कुवेतले नयाँ प्रयोगको रूपमा हिंजो १४ फेब्रुअरी २०२० को दिन कार्यक्रम संयोजक गोविन्द प्रसाद तिम्सिनाको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता, एनआरएनए मध्यपुर्व महिला संयोजक सुमित्रा देवी पाैडेल तथा नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरि कृष्ण न्याैपानेको विशेष आतिथ्यता एवं कुवेतमा कृयासिल संघ संस्थाका पदाधिकारी-प्रतिनीधि, पत्रकार एवं साहित्यप्रेमी दाजुभाइ तथा दिदी बहिनीहरूको आतिथ्यतामा कुवेतका ४ जना गजलकारहरू अमर खड्का, कुमारी चेम्जोङ, हिमाल अञ्जान र प्रेम कटवालले गजल वाचन गरि काव्य प्रवाह सम्पन्न गरेको हो ।

काव्य प्रवाह कार्यक्रममा शुभकामना मन्तव्य दिंदै प्रमुख अतिथिले नेपाली भाषा, साहित्य र वाङमयको विकास र प्रवर्धनको लागि स्वदेशमा मात्र नभएर प्रवासबाट पनि यसरी नै धेरै भन्दा धेरै रचनात्मक कार्यहरू हुँदै जानु पर्ने बताउँदै यस्ता कार्यले मानिसको वाैद्धिक क्षमताको विकास हुने, मानिसलाइ सभ्य बनाउने तथा नेपाली साहित्यको संरक्षण र सम्बर्धनमा समेत टेवा पुग्ने बताए। कार्यक्रममा एनआरएनए मध्यपुर्व महिला संयोजक सुमित्रा पाैडेल, पत्रकार महासंघका अध्यक्ष हरि कृष्ण न्याैपाने लगायतले शुभकामना मन्तव्य दिदैं अनेसास कुवेतले  एक दशक लामो गरिरहेको भन्दा फरक प्रयोगको रूपमा काव्य प्रवाह कार्यक्रम शुरू गरेकोमा धन्यवाद दिएका थिए ।

अनेसास कुवेतले हिँजो सम्पन्न गरेको काव्य प्रवाह कार्यक्रममा गजलकारहरूले २ चरणमा गजलहरू बाचन गरेका थिए। प्रेमिल देखि द्वन्दात्मक गजल वाचन गरेका सर्जकहरूले वाचन गजल र गायन गजल प्रस्तुत गरिरहंदा अतिथि दिर्घाबाट वाह ! वाह! र गडगडाहट ताली बजाउँदा काव्य प्रवाह कार्यक्रम निकै गुञ्जायमान भएको थियो। आयोजकले यस किसिमको काव्य प्रवाह कार्यक्रम हरेक ३-३ महिनामा गर्दै जाने जनाएको छ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...