Thursday 1st October 2026

अनेसास कुवेतको ‘प्रथम काव्य प्रवाह’ को तयारी अन्तिम चरणमा


तितोपाटी – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले कुवेतको नेपाली समाजमा पहिलो पटक अायोजना गर्न लागेको काव्य प्रवाह कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख अातिथ्यमा भोली दिउँसो २ बजे गर्न लागिएको काव्य प्रवाह कार्यक्रम जलिब अब्बासिया स्थित नेपा फुडल्याण्डको सभाकक्षमा गर्न लागिएको र काव्य प्रवाहको लागि सबै ब्यवस्थापकिय तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।

विगत १० वर्ष अघि कुवेतमा गठित भइ नेपाली समुदाय कुवेतमा नेपाली भाषा र साहित्यको उन्नयनको लागि सक्रियताका साथ लागि रहेको अनेसास कुवेतले भोली १४ फेब्रुअरी प्रेम दिवसको दिन पारेर कुवेत नगरीमा साहित्य सृजना गरिरहेका साहित्यप्रेमी अनुहारहरू गजलकार हिमाल अञ्जान, गजलकार कुमारी चेम्जोङ, गजलकार अमर खड्का र गजलकार प्रेम कटवाल मार्फत काव्य प्रवाहको पहिलो श्रृंखला गर्न लागेको हो।

काव्य प्रवाह कार्यक्रममा उपस्थितिको लागि नेपली राजदूतावास, कुवेत नगरीमा कृयाशिल संघ,संस्था लगायत साहित्यलाइ माया गर्ने र साहित्य प्रति रूचि राख्ने सम्पुर्णलाइ निमन्त्रणा गरि सकेको जनाउँदै यदि कोही कसैलाइ निमन्त्रणा नपुगेको भएमा पनि यसै समाचारलाइ निमन्त्रणा सम्झी उक्त काव्य प्रवाह कार्यक्रममा उपस्थितिको लागि अनेसास कुवेत च्याप्टरले हार्दिक विनम्र अनुरोध गरेको छ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...