Tuesday 13th January 2026

अनेसास कुवेतको ‘प्रथम काव्य प्रवाह’ को तयारी अन्तिम चरणमा


तितोपाटी – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले कुवेतको नेपाली समाजमा पहिलो पटक अायोजना गर्न लागेको काव्य प्रवाह कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख अातिथ्यमा भोली दिउँसो २ बजे गर्न लागिएको काव्य प्रवाह कार्यक्रम जलिब अब्बासिया स्थित नेपा फुडल्याण्डको सभाकक्षमा गर्न लागिएको र काव्य प्रवाहको लागि सबै ब्यवस्थापकिय तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।

विगत १० वर्ष अघि कुवेतमा गठित भइ नेपाली समुदाय कुवेतमा नेपाली भाषा र साहित्यको उन्नयनको लागि सक्रियताका साथ लागि रहेको अनेसास कुवेतले भोली १४ फेब्रुअरी प्रेम दिवसको दिन पारेर कुवेत नगरीमा साहित्य सृजना गरिरहेका साहित्यप्रेमी अनुहारहरू गजलकार हिमाल अञ्जान, गजलकार कुमारी चेम्जोङ, गजलकार अमर खड्का र गजलकार प्रेम कटवाल मार्फत काव्य प्रवाहको पहिलो श्रृंखला गर्न लागेको हो।

काव्य प्रवाह कार्यक्रममा उपस्थितिको लागि नेपली राजदूतावास, कुवेत नगरीमा कृयाशिल संघ,संस्था लगायत साहित्यलाइ माया गर्ने र साहित्य प्रति रूचि राख्ने सम्पुर्णलाइ निमन्त्रणा गरि सकेको जनाउँदै यदि कोही कसैलाइ निमन्त्रणा नपुगेको भएमा पनि यसै समाचारलाइ निमन्त्रणा सम्झी उक्त काव्य प्रवाह कार्यक्रममा उपस्थितिको लागि अनेसास कुवेत च्याप्टरले हार्दिक विनम्र अनुरोध गरेको छ।


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...