Thursday 10th September 2026

कोसेली समुह कुवेतको १२औ वार्षिक उत्सवको तयारी अन्तिम चरणमा


तितोपाटी-कोसेली समाज कुवेतको बार्हाैं वार्षिकउत्सव तथा मरुभूमिको कोसेली छापा पत्रिकाको ३१औ अंक विमोचन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। वार्षिक उत्सव कार्यक्रमको लागि सम्पुर्ण तयारी अन्तिम अबस्थामा पुगेको कुरा कार्यक्रम संयोजक राजन श्रेष्ठले बताए । उनले थपे, मरूभूमिको कोसेली प्रेशमा तयारी अबस्थामा रहेको छ भने ब्याज, ब्यानर लगायतको पुर्व तयारी भैसेको छ। त्यस्तै गरि कुटनैतिक नियोग नेपाली राजदूतावास, कुवेतमा कृयाशिल संघ संस्था तथा अग्रज व्यक्ति व्यक्तित्वहरूलाइ निमन्त्रणा गरि सकिएको जनाए।

उक्त वार्षिक कार्यक्रम आगामी ३१ जनवरी शुक्रवारको दिन कुवेतस्थित फ़र्वनियाको द्वाही प्यालेस रेष्टूरेण्टको हलमा सम्पन्न हुने भएको छ।१२औ वार्षिक उत्सवको  उपलक्ष्यमा कोसेली समुहले कुवेतको नेपाली समाजमा २०१९ भरि भएका विभिन्न गतिविधिहरू, बिभिन्न जानकारी मुलक सामाग्रीहरु, साहित्यिक रचनाहरु तथा खेलकूद मनोरंजन लगायत विभिन्न सामाग्रीहरू समेटेको मरुभुमीको कोसेली छापा पत्रीकाको ३१औं अंक प्रकाशन गरि निःशुल्क वितरण गरिने छ ।

प्रवासमा रहेर पनि कुवेतको नेपाली समाजमा हुने गरेका गतिविधिहरुका साथमा नेपाल अनी विश्वभर घटने  गरेका महत्वपूर्ण घटना-परिघटना, समाचार,  सुचना, मनोरन्जन र जानकारीहरुलाई आम जनसमुदाय समक्ष पुर्याउन मिडिया हाउस लागिरहेको छ।

कुवेतमा रहेर कोसेली समूहले स्थापना कालदेखिनै विभिन्न फरक किसिमका रचनात्मक कार्यहरु गरीरहेको छ।
अबका आउदा दिनहरूमा पनि सबैलाइ संचार क्षेत्रमा सु-सूचित गर्न, समयमै सही सुचना दिन तथा कुवेतमा रहेका सम्पुर्ण नेपालीहरुको सुख, दु:खमा साथ दिदै आवाज बिहिनहरुको आवाजबन्न कुनै कसर बाकि नराख्ने कोसेली मिडिया कुवेतका अध्यक्ष आनन्द आचार्यले बताएका छन। यसै बिच बिभिन्न माध्यमबाट कुवेतमा कृयाशील संघ-संस्थाहरु, त्यसका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकारहरुलाइ पत्राचार गरी सकेको र कसैले निमन्त्रणा पाउनु भएको छैन भने यसै समाचारलाई आधार मानी निम्न मिति, स्थान र समयमा वार्षिकउत्सव कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न कोसेली समूह अनुरोध गर्दछ।

कार्यक्रम हुने मिति, स्थान र समय
मिति :- जनवरी-३१ शुक्रवार
स्थान :- द्वाही प्यालेस रेष्टूरेण्ट फ़र्वानिया
समय :- बेलुकी ४ बजे


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

यमनको पेरिम टापु अहिले निकै महत्वपूर्ण बनेको छ। यो टापु बाब अल–मन्दब नामक समुद्री मार्गमा पर्छ, जहाँबाट विश्वका धेरै तेल…

जोर्डनस्थित अमेरिकी सैन्य हवाई अड्डा Muwaffaq Salti Air Base मा राति भएको इरानी ब्यालिस्टिक मिसाइल हमलामा अमेरिकी सेनाका एक A-10…

प्रतिकृयाहरू
...