Tuesday 7th April 2026

ईनास कुवेतको वार्षिकउत्सव तथा सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा


तितोपाटी-अन्तर्राष्ट्रिय कलाकार समाज कुवेतको छैठो वार्षिकउत्सव तथा सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ।

छैठो वार्षिकउत्सवको अवसर संगै (नेपालस्थित पवित्र समाज सेवा नेपालको सहयोगार्थ सांस्कृतिक कार्यक्रम च्यारिटी सो २०२०) आगामी २४ जनवरी शुक्रवारको दिन कुवेतस्थित जिलिबको इण्डियन सेंट्रल स्कूल हलमा हुने भएको छ।

कार्यक्रमको तयारी पुरा भएको बताउदै कार्यक्रममा नेपाल बाट सुमधुर स्वरकी धनी अथिति कलाकार गायिका सम्झना लामिछाने मगरले धमका मच्चाउने भएकी छिन भने स्थानीय कलाकारको पनी प्रस्तुति रहने भएको छ।

उक्त सांस्कृतिक कार्यक्रममा सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई दिदीबहिनी हरूलाई उपस्थितिको लागी समाजले हार्दिक अनुरोध गरेको छ।

स्थानः इण्डियन सेन्ट्रल स्कुल जिलिब
मितिः २४ जनवरी २०२० शुक्रबार ।
समयः बिहानको ११ बजे


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...