Friday 2nd October 2026

साँस्कृतिक मञ्चले दसौं वार्षिकोत्सब मनायो


तितोपाटी डटकम- कला र गला भएर पनि विदेशिन बाध्य कलाकारहरुलाई संगठित गर्दै स्थापना भएको कुवेतको सबै भन्दा पुरानो साँस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले आफ्नो दसौं वार्षिकोत्सब मनाएको छ। मन्चले जनावरी १७,२०२० शुक्रबारका दिन आफ्ना सहयोगि तथा शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा कुवेतको मिसिला बिच स्थित सामन्द्रको किनारमा एक कार्यक्रमका साथ वार्षिकोत्सब मनाएको हो।

उक्त बार्षिकोत्सबको औपचारिक कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष गोबिन्द बरालले गरेका थिए भने मन्चका पूर्ब अध्यक्ष एबं लोक गायक माधब शर्माले कार्यक्रम सन्चालन गरेक थिए। कार्यक्रममा उपस्थित अतिथि तथा मञ्चका शुभचिन्तकहरुले दसौं वार्षिकोत्सबको शुभकामना दिदै मञ्चको प्रगतिको कामना गरेका थिए।

“हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ स्थापित नेपाल कुवेत साँस्कृतिक मञ्चले आफ्नो स्थापना काल देखिनै नयाँ नेपाली बर्ष तथा हरितालिका तिजमा विशेष साँस्कृतिक कार्यक्रम गर्दै आएको छ भने दशैमा सामुहिक टीका-जमारा तथा तिहारमा देउसी-भैलो खेल्दै विभिन्न समाजिक कामहरूमा हातेमालो गर्दै आईरहेको छ।

फोटोः गोविन्द प्रसाद तिम्सिना


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...