तितोपाटी-वैदेशिक रोजगारसम्बन्धी उजुरी अब प्रहरीले पनि हेर्न पाउने भएको छ । यसअघि वैदेशिक रोजगार विभागले मात्रै हेदै आएकोमा यस्ता मुद्दा आइतबारबाट प्रहरीले पनि उजुरी लिनपाउने व्यवस्था गरिएको छ ।
वैदेशिक रोजगारीका ठगीमा परेका पीडितले स्थानीय प्रहरी चौकीमार्फत नै उजुरी दिनसक्ने गरी विभागले सेवालाई वडासम्म विकेन्द्रीकरण गरेको छ । वैदेशिक रोजगारीका ठगीमा पैसाको लेनदेन बढ्दै गएपछि सेवालाई छिटोछरितो बनाइ पीडितलाई तत्काल न्याय दिन प्रहरीलाई समेत यसको जिम्मा दिइएको हो । आइतबार वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीवीच समझदारीपत्रमा हस्ताक्षर भएसँगै वैदेशिक रोजगारीका ठगी र मानव बेचबिखनका उजुरी स्थानीय प्रहरीमार्पmत पनि गर्न सकिने भएको हो । यो सहमतिसँगै अब वैदेशिक रोजगारसँग सम्बन्धित उजुरीको अनुसन्धान जिल्ला प्रशासन कार्यालय र श्रम तथा रोजगार कार्यालयको सहकार्यमा प्रहरीले समेत गर्ने छ । यसअघि बैदेशिक रोजगारीका ठगी विभागले मात्र अनुसन्धान गर्दै आइरहेको थियो ।
वैदेशिक रोजगारीका नाममा मानव बेचविखन र ठगीमा विभाग तथा प्रहरीले आ आफ्नो क्षेत्रबाट उजुरी लिइरहेकोमा अब भने दुवै सरकारी निकायले सहकार्यमा अध्ययन, अनुसन्धान र अन्वेषण गर्नेछन् ।केही समयअघि जिल्ला प्रशासन कार्यलयमा समेत वैदेशिक रोजगारीका उजरी दिने निर्णय गरेको विभागले ठगीका घटना बढ्दै आएपछि स्थानीय तहमा रहेका प्रहरी चौकीलाई समेत अनुसन्धान गर्ने अनुमति दिइएको छ । यो सहमतिसँगै ग्रामीण क्षेत्रमा भएका वैदेशिक रोजगार सम्बन्धी ठगी र अन्य अपराधको उजुरी र अनुसन्धानका लागि पीडितहरू काठमाडौ आउने झन्झट अन्त्य भएको छ ।
विभागका महानिर्देशक भिष्मकुमार भुसालले वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मयौदित र शोषण रहित वनाउन प्रहरीको सहकार्यका काम गर्न सहमति गरिएको बताए ।“वैदेशिक रोजगारको नाममा हुन सक्ने मानव वेचविखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्न, त्यस्तो कार्यबाट पीडित व्यक्तिको संरक्षण तथा पुनस्र्थापना गर्न वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो,” महानिर्देशक भुसालले भने, “वैदेशिक रोजगारको क्रममा हुने मानव वेचविखन निवारणका लागि आपसमा प्रभावकारी समन्वय र सहकार्य गर्दै प्रचलित कानुनको परिधिभित्र रही सूचनाहरू आदानप्रदान गरिने छ ।” वैदेशिक रोजगारीको क्रममा मानव बेचविखनका जोखिमका क्षेत्रहरू पहिल्याइ सोको निवारणका लागि कर्मचारीहरूलाई सक्षम गराउँदै अवश्यकताअनुसार परिचालन गर्ने विभागले जनाएको छ । वैदेशिक रोजगारीको अपराधमा अभियोग लागि विदेश भागेका अभियुक्तको अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना तथा स्रोत परिचालन गरिने छ ।विभागले अनुसन्धानको क्रममा जानकारीमा आएका वैदेशिक रोजगारसम्बन्धी अपराध तथा मानव बेचविखनसँग सम्बन्धित सूचनाहरूको विश्लेषण गरी वैदेशिक रोजगार ऐन, २०६४ ले कारबाहीको दायरामा ल्याउन नसकेका मुद्दामा विभागले सहयोग गर्नेछ ।
त्यस्तै गरी वैदेशिक रोजगारसम्बन्धी मुद्दाको अनुसन्धानमा विभागले नेपाल प्रहरीको अपराध अनुसन्धान विभागरमानव बेचविखन अनुसन्धान ब्युरोको अनुसन्धान अधिकृतको सहायोग लिनसक्ने छ। अनुसन्धान तथा अभियोजन संयुक्त रूपले गर्नु पर्ने अवस्थामा दुवै निकायका अनुसन्धान अधिकृतको संयुक्त टोली परिचालन गरी साधिकार निकायबाट मुद्दा अघि बढाउन सकिने छ।साभार कारोबारदैनिकबाट