तितोपाटी-के तपाईंलाई थाहा छ कागतीको रस भन्दा कागतीको बोक्रा फाइदाजनक हुन्छ भनेर? सायद तपाइ हामी मध्ये धेरैलाइ थाहा नहुन सक्छ कागतीको रस जस्तै बोक्रा पनि हाम्रो स्वास्थ्यको लागि अत्यन्त फाइदाजनक औषधी हो भनेर। त्यसैले हामी सबैले कागतीको रसलाई निचोरेर बोक्रालाई फोहोरमा फालिदिन्छौँ। तर कागतीको रस मात्र होइन् कागतीको ब्रोकलाई पनि सफा गरेर खादाँ फाइदाजनक हुन्छ। हाम्रो खानपान र जिवनशैलीको कारण हाम्रो शरीरमा धेरै प्रकारका विकारहरू जम्मा हुनुको साथै छाला, हड्डी, मधुमेह, उच्च रक्तचाप, कोलेष्ट्रोल जस्ता समस्याहरू दिनानुदिन बढ्दो छ। यदि हामीले नियमित कागतीको बोक्रा खाएमा यी सबै किसिमका समस्याबाट छुटकारा पाइ शरिर स्वास्थ्य र फिटनेस राख्न सकिन्छ । कागतीको बोक्रा खानुका फाइदाहरू के के छन् त ? आउनुहोस विस्तृत रूपमा जानकारी लिउँ।
हड्डी बलियो बनाउँछ
कागतीको बोक्राले हड्डीलाई बलियो बनाउँछ यसमा उच्च मात्रामा क्याल्सियम र भिटामिन ‘सि’ हुन्छ, जसले हड्डीलाई स्वस्थ राख्नमा मद्दत गर्दछ । यसका साथै हड्डीजस्तो जोडिएको रोग जस्तै ओस्टियोपोरोसिस, रहेयुमेटयड अर्थराइटिस र इन्फ्लेमेटरी पोलीअर्थराइटिसबाट पनि बचाउन सहयोग गर्दछ ।
अक्सिडेटिभ स्ट्रेसलाई टाढा राख्छ
अक्सिडेटिभ स्ट्रेसलाई टाढा राख्नका लागि कागतीको बोक्राले निकै सहयोग गर्ने गर्दछ । यसमा उच्च मात्रामा फ्लेवानायड हुने भएका कारण अक्सिडेटिभ स्ट्रेसबाट शरिरलाई टाढा राख्ने गर्दछ ।
शरीरमा भएका विषालु पदार्थ हटाउँछ
हाम्रो शरिरमा थुप्रै विषालु पदार्थ अर्थात टक्सिन हुने गर्दछ । यस्तो पदार्थले हाम्रो शरिरलाई भित्रैदेखि कमजोर बनाउनुका साथै हाम्रो शरिरभित्र अल्कोहल र अन्य थुप्रै हानिकारक खाद्य पदार्थलाई नष्ट गर्ने गर्दछ कागतीको बोक्रा आफ्नो अमिलो स्वाद र स्वभावका कारण यस्तो विषालु पदार्थलाई टाढा राख्न मद्दत गर्दछ ।
क्यान्सरसँग बचाउन मद्दत गर्छ
यो विषयमा धेरै थोरै मानिसहरुलाई जानकारी छ तर कागतीको बोक्राले क्यान्सरबाट बचाउन र यसको उपचारमा निकै मद्दत गर्दछ । यसमा पाइने तत्वले क्यान्सरको कोशिकासँग लड्न सहयोग पुर्याउँछ ।
कोलेस्ट्रोलमा कमी ल्याउछ
कोलेस्ट्रोलको मात्रालाई घटाउन सहयोग पुर्याउँछ । शरिरमा कोलेस्ट्रोलको मात्रा अत्यधिक हुँदा यसले मुटुलाई स्वस्थ हुनबाट रोक्छ । कागतीको बोक्रामा पाइने पोलिफिनलले कोलेस्ट्रोललाई कम गरेर तपाईंको शरिरलाई स्वस्थ रहन मद्दत गर्दछ ।
मुटुलाई स्वस्थ राख्छ
कागतीको बोक्रामा पाइने पोटासियमले रक्तचापलाई नियन्त्रणमा राख्दछ । सहि रक्तचापले हाम्रो मुटुलाई पनि स्वस्थ राख्दछ । यसका साथै कागतीको बोक्राले हाम्रो मुटुलाई धड्कनलाई सहि मात्रामा राख्ने गर्दछ भने मधुमेहबाट पनि टाढा राख्दछ ।
तौल घटाउँछ
कागतीको बोक्राले तौल घटाउनमा पनि मद्दत गर्दछ । यसमा पेक्टिन नामको तत्व पाइने गर्दछ जसले शरिरमा जमेको अनावश्यक बोसोलाई घटाउने काम गर्दछ । यदि तपाईं आफ्नो तौल घटाउन चाहनुहुन्छ भने कागतीको बोक्राको अवश्य सेवन गर्नुहोस् ।
छाला सुन्दर र चम्किलो बनाउँछ
एक्ने, पिग्मेन्टेसन र गहिरो निशानाबाट बाट बच्नका लागि कागतीको बोक्रा लाभदायक हुने गर्दछ । यसका पाइने फ्री–रेडिकल्सले यो प्रक्रियामा निकै महत्वपूर्ण भूमिका निभाउने गर्दछ । यसका साथै यसमा पाइने एन्टि अक्सिडेन्ट्सले छालालाई डिटक्सिफाई गर्ने गर्दछ जसले तपाईंको छाला स्वस्थ र चम्किलो हुने गर्दछ ।