Tuesday 17th March 2026

निक्कै राम्रो सन्देश दिदै कुवेतमा भ्रमण वर्ष


तोयानाथ उपेक्षित-हिजो नेपाल सरकारको कार्यक्रम अनुसार नै विश्वभरमा रहेका नेपाली नियोग र बाणिज्य दूतावासहरुले भ्रमण वर्षको औपचारिक उदघाटन गरे। यसै क्रममा कुवेत स्थित नेपाली राजदूतावासले पनि होटल क्राउन प्लाजामा एक कार्यक्रम बीच भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गर्यो।

विदेशी कुटनैतिक नियोग, ट्राभल एजेन्सी र स्थानिय पत्रकारहरुलाई निमन्त्रणा गरेर गरिएको भ्रमण वर्ष उदघाटन कार्यक्रम विशेष प्रकारको रहन गयो। दुतावासले विगतमा गर्ने औपचारिक कार्यक्रमहरु भन्दा यसपटकका पाहुनामा ट्राभल व्यावशायी र पत्रकारहरुको ठुलै जमात थपिएको थियो । उनीहरुको उपस्थितीले नै कार्यक्रम प्रचारात्मक थियो भन्ने बुझिन्थ्यो । त्यसमा पनि कार्यक्रम संञ्चालनका लागि तयार पारिएको संन्देशमुलक अनुसुचि निक्कै प्रभावकारी रहन गयो। नेपालको भ्रमण गरिसकेका स्थानिय तथा विदेशीहरुलाई मन्तव्यका लागि समय दिएर दुतावासले राम्रो प्रचार गरेको बुझ्न सकिन्थ्यो।

बक्ताहरूले नेपालको टुरिजमलाई अति नै सराहना गर्दै आफ्ना मन्तब्य राखे। उनीहरुले नेपाल जाने र घुम्ने धित नमरेको बताए। आफ्ना छोराछोरी लिएर फेरी नेपाल जाने बाचा गरे। नेपालमा आफूले देखेको भोगेको र लागेको अनुभुति उनीहरुले सहभागी माझ सेयर गरिरहँदा त्यसले धेरैलाई नेपालप्रतिको सोच बदल्न प्रेरित गरेको अनुमान गर्न सकिन्थ्यो। एक बक्ताले त कुवेत भन्दा धेरै गुणा सस्तोमा सवै कुरा पाउने बताएर कम्तिमा १५ दिनको प्याकेज नेपाललाई बनाएर जान आग्रह नै गरे।

कार्यक्रममा नेपाली राजदुत दुर्गा प्रसाद भण्डारीले नेपाल जानका लागि आग्रह गर्दै भिसा प्रकिया सहज बनाईएको र आवश्यक परामर्श तथा सहयोगका लागि दुतावासले पूर्ण सहयोग गर्ने भन्दै नेपाललाई आफ्नो भ्रमणको गन्तव्य बनाउन आग्रह गरेका थिए भने डिम्पलोम्याट तथा कन्सुलर प्रकाशमणी पौड्यालले नेपालको प्राकृतिक, सांस्कृतिक, धार्मीक र पर्यटकिय गन्तव्य तथा नेपालको भौगोलिक विशेषताका विषयमा प्रकाश पारेका थिए। द्वित्तीय सचिब तथा सहचारी जानकी ओझाद्धारा संञ्चालीत कार्यक्रमको उदघाटन पानसमा बत्ति बाल्दै केट काटेर शुरु गरिएको थियो। स्क्रिनमा नेपाल सम्बन्धि स्लाईडको सुन्दर संयोजन प्रस्तुत गरिएको थियो जसलाई दूतावासकै डिप्लोम्याट मनाेज कुमार सिंहले तयार गरेको बताईन्छ।

सहभागी विदेशी पाहुनाको मनोरन्जनका लागि लक्की ड्र खेलाईएको थियो भने कार्यक्रममा नेपाली गित संगीतको सुन्दर प्रस्तुती नेपाली कलाकारहरुले पस्केका थिए।

दुतावासले विदेशमा रहेका एनआरएनसँग मिलेर कार्यक्रम गर्नुपर्ने सरकारको घोषित निति अनुरुप उक्त कार्यक्रममा एनआरएनका पदाधिकारीहरुको उपस्थिती देखिन्थ्यो। एकदमै सिमित संख्यामा नेपाली समुदायको उपस्थितीलाई दूतावासले आफ्नो बाध्यात्मक अवस्था भन्दै सोही रुपमा बुझिदिन भनेको छ। बेलुका ७ बजे बाट शुरु भएको कार्यक्रम ९ बजे सम्म चलेको थियो।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...