Wednesday 25th March 2026

सरकारले ६० हजार बेरोजगारलाई सय दिन काम दिने


तितोपाटी-श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सरकारले यो वर्ष ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी दिने बताएका छन्।मन्त्री यादवले ३ महिनामा मन्त्रालयले गर्ने कामहरु सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई एक सय दिनको रोजगारी दिने बताएका हुन्।

गत आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक लाख ८७ हजारले १३ दिनको रोजगारी पाएका थिए। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारीमा खटिने श्रमिकहरूको दुर्घटना विमा गरिने मन्त्रालयको कार्ययोजनामा उल्लेख छ।त्यस्तै, तीन महिनामा १५ हजार रोजगारदाता र १ लाख योगदानकर्तालाई सामाजिक सुरक्षामा ल्याउने मन्त्रालयको लक्ष्य छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...