Saturday 13th December 2025

इरानले तोक्यो ट्रम्पको टाउकाको मुल्य


तितोपाटी – इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ। अमेरिकाले इरानका विशेष सैन्य प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि आक्रोशित इरानले यस्तो घोषणा गरेको हो।

सुलेमानीको अन्त्येष्टिका क्रममा हजारौँको उपस्थिति भएका बेला इरानले प्रत्यक्ष टेलिभिजन प्रसारण मार्फत ट्रम्पको टाउकोको मूल्य तोकेको हो। इरानले आफ्नो जनसंख्या बराबर ट्रम्पको टाउकोको मूल्य तोकिएको जनाएको छ। ‘इरानमा ८ करोड बासिन्दा छन्’, द सनले इरानी सरकारी टेलिभिजनलाई उद्धृत गर्दै लेखेको छ, ‘यो जनसंख्यामा आधारित हुँदै हामी ८० मिलियन डलर खर्च गर्न चाहन्छौँ, जुन राष्ट्रपति ट्रम्पको टाउको ल्याउनेलाई पुरस्कार हो।’

लगत्तै राष्ट्रपति ट्रम्पले यदि इरानले आक्रमण गरे त्यसको जवाफ तुरुन्त दिने प्रतिक्रिया जनाएका थिए। उनले आइतबार मात्रै ट्वीटरमार्फत इरानको आक्रमणको जवाफ नयाँ हतियारबाट गर्ने चेतावनी दिएका थिए।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

नेपाली राजदूतावास, कुवेतको आयोजनामा कुवेतमा रहेका नेपाली नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त स्वास्थ्य शिविर २०२५ मार्च…

ट्रम्पले भने कि थाइल्याण्ड र कम्बोडिया घातक झडप पछि युद्धविराम नवीकरण गर्न सहमत छन् पाँच दिनदेखि सीमापार लडाईं जारी रहेको…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास विभागका लागि तोकिएको १० प्रतिशत आरक्षित कोटाअन्तर्गत कुवेतबाट वरिष्ठ सल्लाहकार राजु कार्कीलाई समानुपातिक सांसदका लागि…

प्रतिकृयाहरू
...