Thursday 26th March 2026

डा. सन्तोष उपाध्याय बने “मिस्टर नेपाल-२०१९”


तितोपाटी-मिस्टर नेपाल सन् २०१९ को उपाधि डा सन्तोष उपाध्यायले जितेका छन्। बिहीबार अन्नपूर्ण होटलमा भएको फाइनलमा २१ प्रतिस्पर्धिलाई उछिनेर मिस्टर नेपालको उपाधि जितेका हुन्। उनले मिस्टर ट्यालेन्ट, मिस्टर फोटोजेनिकको उपाधि पनि जिते।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंज क्याम्पसबाट एमबिबिएस सकेका डा.उपाध्याय अहिले अछाम, कमलबजारमा मेडिकल अफिसरको रुपमा कार्यरत छन्। उनले मोटरसाइकल, नगद २५ हजारको साथमा विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् ।
एक्सपोज नेपालको आयोजना रहेको र शिवानी एयर मुख्य प्रायोजक रहेका प्रतिस्पर्धामा दिलराज न्यौपाने फस्ट रनरअप र विमल पाण्डे सेकेन्ड रनरअप चुनिँए।

वरिष्ठ कलाकार कृष्ण मल्ल, विज्ञानराज शर्मा, केदार कोइराला, कोरियोग्राफर महेश केसी, भरत ढकाल, हिमानी सुब्बा, हरि सिल्वाल, मिष्टर नेपाल अक्षयजंग रायमाझी निर्णायक मण्डलीले नयाँ मिस्टर नेपाल छनोट गरेको हो ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...