Thursday 26th March 2026

रामकृष्ण ढकालले लेखे हाम्रो सम्बन्ध कहिल्यै मर्दैन


तितोपाटी-चर्चित गायक रामकृष्ण ढकालले पत्नी नीलम शाहबीच सम्बन्धविच्छेद भएको खबर सार्वजनिक भए लगत्तै आफ्नो सम्बन्ध कहिल्यै नमर्ने बताएका छन्। गायक ढकालले पत्नी नीलमसँग काठमाडौं जिल्ला अदालतमा पुगेर सम्बन्धविच्छेद गरेको खबर बाहिरिएलगत्तै यस्तो बताएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा श्रीमती निलमसँगको आफ्नो तस्बिर शेयर गर्दै ढकालले सम्बन्ध कहिल्यै नमर्ने बताएका हुन्।

काठमाडौं जिल्ला न्यायाधीश विदुर कोइरालाको इजलासले बुधबार दिउँसो ढकाल र शाहबीचको सम्बन्धविच्छेद गर्न सहमति दिएको थियो। जिल्ला अदालतका शाखा अधिकृत टीकासिंह खत्रीका अनुसार, ढकाल दम्पतीबीच अलगअलग बस्ने भनेर सहमति भए अनुरूप न्यायाधीश कोइरालाको इजलासले सम्बन्धविच्छेद गराइदिएको हो।

मुलुकी देवानी संहिता, २०७४ मा पति तथा पत्नी दुवैले चाहेमा जुनसुकै बेला पनि सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था छ। ढकाल दम्पत्तिको सम्बन्धविच्छेदको चर्चा सामाजिक सञ्जालमा भइरहेका बेला स्वयम् ढकालले फेसबुकमा पत्नीको तस्बिरसहित स्टाटस लेखेका हुन्।‘अरुले जेसुकै भनुन्। तर, हाम्रो सम्बन्ध कहिल्यै मर्दैन’, ढकालले फेसबुकमा लेखेका छन्। गायक ढकालले सम्बन्धविच्छेद भएको स्वीकार गरेका छैनन्। यद्यपि अदालतले भने बुधबार सहमतिमै उनीहरुको सम्बन्धविच्छेद भएको बताएको छ।

अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...