Wednesday 29th July 2026

मगर संघ कुवेतको तेस्रो अधिबेशन जनवरी १७ मा हुने


तितोपाटी-  कुवेतमा क्रियाशील जातीय सस्था मध्येको  नेपाल मगर संघ वैदेशिक शाखा, कुवेतले आफ्नो तेश्रो अधिवेशन तथा मगरहरुको मौलिक तथा साँस्कृतिक पर्व एबम नेपालीहरुको महान चाड माघे सक्रान्ति भब्य रुपमा मनाउने निर्णय गरेको कुरा जय आले मगरले तितोपाटीलाई जानकारी गराएका छन। जातिय भाषा, संस्कृति, भेषभूषा एवं मौलिकतालाई जगेर्ना गर्दै सस्थाको  बिधानमा आस्थावान रहि कुवेतमा कृयाशिल रहेका अन्य नेपाली सँघ-संस्थाहरुसँग समेत सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्यका साथ मगर संघ नेपालका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको बिशेष उपस्थितिमा सन् २०१२ को जुन १५ मा स्थापना भएको मगर सँघ कुवेतले आफ्नो ४/४ बर्षे लामो दोश्रो कार्यकाल पुरा गरेको छ।
आउदो १७ जनवरी २०२० शुक्रबारका दिन कुवेतको फर्वानिया स्थित युनिक अडेटोरियम हलमा आयोजना हुने मगर अधिवेशनका लागि नेपाल मगर सँघबाट केन्द्रिय प्रतिनिधि समेत आउने जानकारी दिंदै कुवेतमा पेशारत समस्त मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागीताको लागि आव्हान गरेको छ भने अन्य नेपाली सँघ-संस्था एवं समस्त कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त दिन अन्य कुनै कार्यक्रमको आयोजना नगरी माघे सकराती तथा अधिवेशनमा उपस्थिती जनाइ दिन अनुरोध गरेको छ। स्थापना कालदेखी मगर संघ कुवेतले मगरहरुको राष्ट्रिय तथा साँस्कृतिक पर्व माघे सकराती तथा मगर दिवस जस्ता पर्वहरु सामुहिक रुपमा कुवेतवासी नेपालीहरु बीच मनाउँदै आएको छ।
कार्यक्रमको विवरणः
मिति :- १७ जनवरी २०२०, शुक्रबार।
समय :- बिहानको ठिक ११.०० बजे, उप्रान्त।
स्थान :- युनिक अडेटोरियम हल फर्वानिया, कुवेत।
संपर्क :- जय आले मगर – ९९१०१४०८, मनु भुजेल मगर – ६९३३३८८३, बसन्त थापा मगर – ५०३४३९९३, राजेन्द्र आले मगर – ६९०७६५९१, जंग घर्ती मगर – ६०००८६७९


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...