Thursday 29th January 2026

गृहमन्त्री थापाले गरे अध्यागमन निरीक्षण


काठमाडौं -गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन निरीक्षण गरेका छन्। बुधबार बिहान अनुगमनमा गएका गृहमन्त्री थापाले अध्यागमनको अवस्थाबारे जानकारी लिएका छन्।गृहमन्त्री बादल अध्यागमनमा पुग्दा त्यहाँ हुँदै गरेको मर्मत, सुरक्षा अवस्था र अध्यागमनमा प्रविधिले कसरी काम गर्छ भन्ने जानकारी गराउन विभागका महानिर्देशक ईश्वरराज पौडेल तम्तयार थिए।

भ्रमण वर्ष २०२० लाई मधयेनजर गर्दै अहिले अध्यागमन आकर्षक पार्नेकाम भइरहेको छ। भ्रमण वर्ष नजिकिँदै गर्दा अध्यागमनमा मार्वल बिछ्याएर झकिझकाउ बनाइँदै गरेको महानिर्देशक पौडेलले गृहमन्त्री नेतृत्वको समूहलाई देखाए।योसँगै अध्यागमनले पुस महिनादेखि ‘नेपाली पोर्ट’ सफ्टवेयर सञ्चालनमा ल्याउने पौडेलले ब्रिफिङ गरे। पुस महिनाभित्र जसरी पनि सञ्चालनमा ल्याउने भन्दै उनले गृहमन्त्रीलाई आश्वासन दिए। उक्त पोर्ट सञ्चालनमा आएपछि अध्यागमनको डाटा हराउने र चोरी हुने समस्या समाधान हुने उनको भनाइ छ।

अनुगमनमा गएका एक सदस्यले दिएको जानकारी अनुसार सबै देखाएपछि गृहमन्त्री थापालाई महानिर्देशक पौडेलले पासपोर्ट स्क्यानिङ मेसिन देखाउन खोजे। तर त्यतिनै बेला उक्त मेसिनले काम गरेन। त्यसपछि उनले अर्को स्क्यानिङ देखाउन खोजे तर त्यसले पनि काम गरेन। तेस्रो पटक देखाउँदा बल्ल मेसिन चल्यो। मेसिनबारे महानिर्देशक पौडेलले गृहमन्त्रीलाई सुनाए, ‘केहिको सेटिङ मिलाउने काम हुँदैछ, केहि पुरानो भएकाले काम गर्न छाड्यो।’

अध्यागमनको चेकजाँचमा कमजोरी हुँदा नेपालमा अन्तर्राष्ट्रिय गिरोहले सहजै अवैध सामान ओसारपसार गरिरहेको आरोप लागिरहेका बेला गृहमन्त्री बादल अनुगमनमा पुगेका हुन् ।

अध्यागमनको अनुगमनमा गृहमन्त्रीसँगै गृहसचिव प्रेमकुमार राई, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालगायत थिए।
-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाले गाजामा हमासका लडाकूहरूले निशस्त्रीकरण गर्दा प्यालेस्टिनी समूहलाई कुनै प्रकारको आममाफी मिल्छ भन्ने विश्वास गर्छ, एक अमेरिकी अधिकारीले सोमबार भने।…

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

प्रतिकृयाहरू
...