Tuesday 28th July 2026

कुवेतको चाैतारीमा “भिजिट नेपाल २०२०”


तितोपाटी – कुवेत सीटीको मुख्य भागमा रहेको नेपाली खानपीन घर चौतारीले हिजोबाट नेपाल भ्रमण वर्षको प्रचार शुरु गरेको छ । चौतारी रेष्टुरेन्टले होटल व्यवशाय शुरु गरेको हिजो ७ बर्ष पुरा भएको हो । आठौ बर्ष प्रवेश गरेको अवसरमा रेष्टुरेन्ट संञ्चालकहरुले भिजिट नेपाल २०२० लाई जोड्दै एक कार्यक्रमका बीच उत्सव मनाएका हुन ।
नेपाली राजदूतावासका कुवेतका काउन्सिलर प्रकाशमणी पौडेलद्धारा केक काटेर चौतारीको वर्षगाठ मनाईरहँदा चौतारी खानपीनले राखेको भिजिट नेपालको प्रबर्धनात्मक पोष्टरहरुमा सवैका आँखा पुगेका थिए । त्यहाँ नेपाली मात्र नभएर अन्य देशका नागरिकले समेत रुची पूर्वक हेर्ने गरेका र पोष्टरहरुमा सेल्फी लिनेको पनि कमि थिएन । नेपालका भ्रमणीय स्थानहरु र पहिचान झल्काउने ठाउँहरुलाइ चौतारीले रेष्टुरेन्टको प्रवेशद्धारमा पोष्टरीङ गरेको छ ।
सन २०१२ डिसेम्बर १४ का दिन तत्कालिन राजदुत मधुवन पौडेलद्धारा उदघाटन भएको एउटा सानो चिया पसल जस्तो स्वरुपको चौतारीले समय क्रमसँगै विकाश गरेको देखिन्छ । अहिले यसको लगानी र भौतिक स्वरुप दुवै बृद्धी भएको छ र त्यहाँ काम गर्नेको संख्या कुल मिलाएर १६ जना पुगेका छन । चार जना नेपाली युवाहरु मिलेर खोलेको चौतारीमा लगभग २५ हजार केडिको लगानी शुरुका दिनमा भए पनि अहिले त्यो बढेर ४० हजार केडिको अवस्थामा छ । ५० हजार देखि डेढ लाख नेपाली रुपैया यहाँ काम गर्नेहरुले थाप्ने गरेका छन ।
चौतारीले रेष्टुरेन्टको साईज र लगानी मात्र बढाउँदै गएको छैन यसमा आवद्ध कतिपय साझेदारहरु यसबीच चौतारीबाट प्राप्त व्यवशायीक ज्ञान र धनलाई कुवेतको अन्यत्र ठाउँमा लगेर लगानी गर्दै व्यवशाय गरिरहेका छन । यो रेष्टुरेन्ट आफैमा व्यवशाय गर्न चाहाने अन्य नेपालीहरुलाई प्रोत्साहित र प्रेरित गर्ने मुल थलो बनेको छ ।
हरेक वर्ष झै यसवर्ष पनि चौतारीले समाजका अगुवा प्रतिनिधीहरु, पत्रकारहरु आफन्त तथा नेपाली दूतावास परिवारलाई बोलाएर वार्षिक उत्सव मनाएको हो । नेपाली, चाईनिज, फिलिपिनो तथा ईन्डियन फूड बन्ने चौतारिमा नेपालीहरुको लोकप्रिय खाजा मःमः, चाउमिन, सुकुटी, ढिढो गुन्द्रुक जस्ता नेपाली परम्परागत खाना पाईन्छ । यहाँ काम गर्ने कर्मचारी पनि नेपाली, ईन्डियन र फिलिफिन्सका रहेका छन ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले क्यास्पियन सागरमा रहेको एक इरानी जहाजमाथि सफल लामो दूरीको आक्रमण गरेको दाबी गरेको छ। यदि यो पुष्टि भयो भने,…

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

प्रतिकृयाहरू
...