Wednesday 14th January 2026

सागमा एकभन्दा बढी स्वर्णपदक विजेतालाई ११ लाखका दरले पुरस्कार दिने


तितोपाटी – नेपाल सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने घोषणा गरेको छ । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बधाई दिन बोलाएका प्रधानमन्त्री ओलीले पदक जित्ने खेलाडीलाई विशेष पुरस्कारको घोषणा गरेका हुन्।
कार्यक्रममा प्रधानमन्त्रीले एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११ लाखका दरले पुरस्कार दिने जानकारी दिए । एउटा मात्र स्वर्ण जित्नेलाई ९ लाख, रजत विजेता खेलाडीलाई ६ लाख र कास्य जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ सरकारको तर्फबाट दिने घोषणा गरेका छन् । प्रशिक्षकलाई समेत पाँच लाखका दरले पुरस्कृत गर्ने घोषणा गरेका छन् ।
अघिल्लो सागमा भन्दा बढी पुरस्कार सरकारले यस पटक दिने भएको छ । अघिल्लो सागमा स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन र कास्यलाई दुई लाख दिएको थियो। समूहमा स्वर्ण जित्ने खेलाडीले भने जनही पाँच लाख पाउने छन् ।
नेपालको आयोजनामा भएको साग प्रतियोगिता मंगलबार समापन भएको हो। सागमा भारतले १७४ वटा स्वर्ण पदक जितेर पहिलो स्थानमा छ । भने नेपालले ५१ स्वर्ण पदक जितेर दोस्रो स्थानमा छ । नेपालले कुल पदक भने २०६ वटा जितेको छ । त्यसैगरी श्रीलंका ४०, पाकिस्तान ३१, बंगलादेश १९, माल्दिभ्स १ स्वर्ण जित्न सफल भए भने भुटानले एउटा पनि स्वर्ण जित्न सकेन् ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...