Friday 2nd October 2026

गजल -अमर खडका


यी शासकहरुले श्रीपेच फाले पनि सत्ता फाले पनि ।
देशले मुक्ति पाउदैन छोरा, भन्थे मेरा बाले पनि ।

उसले पत्थर उठाएकै निहुँमा जेल जानु परेको हो
कानुन लाग्दैन बलीयालाई बन्दुक उचाले पनि ।

श्रीमती पाएपछि उसले आमा बिर्सियो,भोक बिर्सियो
पाल्न त अैँचो-पैँचो गरेरै पालेकी हुन आमाले पनि ।

जाबो एउटा घरसम्म चलाउन सक्दैनौ यार तिमी
देश चलाईरहेका छन यहाँ खेतालाले पनि ।

नदीले बगरमा छोडेपछि म उसैको बन्न पाऊँ
जसले मलाई मार्नकै लागि नदीमा खसाले पनि ।

हाल – कुबेत


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...