Sunday 21st December 2025

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल अहिले सम्म पहिलो स्थानमा


तितोपाटी – १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल अहिले सम्म पहिलो स्थानमा रहेको छ । अहिले सम्म निर्णय भएका २१२ पदक मध्ये सबै भन्दा धेरै ५५ पदकको साथ नेपाल पहिलो स्थानमा छ । जस अनुसार नेपालले २७ स्वर्ण १२ रजत र १६ कास्य पदक जितेको छ ।

त्यसै गरि दोश्रो स्थानमा रहेको भारतले १९ स्वर्ण, १९ रजत र ९ कास्य गरि ४७ पदकको साथ दोश्रो स्थान कायमै राखेको छ भने श्रीलंका ६ स्वर्ण, १६ रजत र २८ कास्य गरी जम्मा ५० पदकको साथ तेश्रो स्थानमा रहेको छ ।

बंगलादेश र पाकिस्तान क्रमशः ४/४ स्वर्णको साथ २८/२७ पदकको साथ चाैथो र पाँचाैं स्थानमा रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...