Sunday 16th November 2025

कास्की-२ मा नेकपाकी विद्या भट्टराइ ८४०३ बढी मतले विजयी भइन्


तितोपाटी – कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपाकी उम्मेदवार बिद्या भट्टराई विजयी भएकी छन् । शनिबार भएको उपनिर्वाचनमा नेकपाकी उम्मेदवार भट्टराइले कांग्रेसका खेमराज पौडेललाई आठ हजार चार सय ३ मतले पराजित गर्दै उनका स्वर्गीय पति रवीन्द्र अधिकारीको विरासत कायमै राखेकी हुन् । विद्याले २४ हजार तीन सय ९४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी खेमराजले १५ हजार ९ सय ९१ मतमात्र ल्याएका छन्।

कास्की २ बाट निर्वाचित अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । त्यसपछि रिक्त पदमा उनकी पत्नी भट्टराई विजयी भएकी हुन् । कास्की-२ स्वर्गीय रवीन्द्र अधिकारीले ह्याट्रिक गरेको किल्ला हो। स्वर्गीय अधिकारीले संविधानसभाका दुई र प्रतिनिधिसभाको एक गरी तीन पटक विजय प्राप्त गरे। तेस्रो पटकको जितसँगै रवीन्द्र पर्यटनमन्त्री बने। ०७५ फागुन १५ गते ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा रवीन्द्रको निधन भयो। रवीन्द्रको निधनपछि रिक्त रहेको कास्की-२ मा शनिबार (मंसिर १४ गते) भएको उपनिर्वाचनबाट पत्नी विद्या भट्टराई भारी मतले विजयी भएकी छन्।

२०६४ र ०७० मा भएको संविधानसभा सदस्यको निर्वाचनमा विजयी भएका रवीन्द्रले २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा २७ हजार २०७ मत ल्याएर शानदार जित दर्ता गरेका थिए। रवीन्द्रका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मतमात्र ल्याएका थिए। रवीन्द्रले आठ हजार पाँच सय ४६ मतले कांग्रेसका देवराजलाई पराजित गर्दा विद्याले कांग्रेसका खेमराजलाई आठ हजार चार सय ३ मतले पराजित गरेकी हुन्। यो मतपरिणामले विद्यालाई निर्वाचित मात्र गराएको छैन पार्टीभित्र शक्तिशाली नेतृको रुपमा उभ्याएको छ।

विद्या रवीन्द्र पत्नीमात्रै नभएर लामो समय राजनीति गरेकी नेतृ पनि हुन्। उनलाई धेरैले प्राज्ञिक व्यक्तित्वको रुपमा चिन्छन्। उनले चुनावी प्रचारका क्रममा रवीन्द्र पत्नीको रुपमा मात्र नहेर्न मतदातासँग विनम्र अनुरोध गरेकी थिइन्। सँगै उनले रवीन्द्रका बाँकी सपना पूरा गर्ने बचनसमेत दिन छुटाएकी छैनन्। उनले पोखरामा चक्रपथ निर्माण गर्ने, पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बनाउने एजेन्डालाई प्राथमिकता दिएर मत मागेकी थिइन्।


सम्बन्धित शीर्षकहरु

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...