Friday 2nd October 2026

गजल -माधव पाैडेल ‘असल यात्री’


सुन्नुहोस् आज म जन आह्वानको कुरा गर्दैछु ।
सहिद बनेर दिएको वलिदानको कुरा गर्दैछु ।

हिजो जंगलमा पत्कर विछ्याई सुतियो होला
आज बेग्लै छु विलासी ओछ्यानको कुरा गर्दैछु ।

सत्र हजारले मृत्युवरण गरे स्थापनाको लागि
म साहुजी भएको एउटा दोकानको कुरा गर्दैछु ।

उहि किताब पढेका थियौं साहेवले धेरै बुझेछन्
विचार बेच्दै हिड्ने एक बथानको कुरा गर्दैछु ।

सुन्न मज्जा लाग्छ गफ दिवा सपना देखाउनेको
मंन्चबाटै जनता हँसाउने उखानको कुरा गर्दैछु ।

असल यात्री
सिन्धुपाल्चोक
हाल-कुवेत


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...