Friday 3rd July 2026

इनास कुवेतले आगमी जनवरी २४ मा सम्झना लामिछानेलाइ कुवेत ल्याइ सांगीतिक च्यारिटी सो गर्ने


तितोपाटी – अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले आगमी जनवरी २४ तारिख शुक्रवारको दिन जलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा एक सांगीतिक च्यारिटी सो गर्ने भएको छ । इनास कुवेतको छैटाैं वार्षिक उत्सवको अबसर पारेर संस्थाले नेपालकी चर्चित राष्ट्रिय लोकदोहोरी गायिका सम्झना लामिछाने मगरलाइ कुवेत ल्याइ दिक्षा चापागाइंद्वारा संचालित “पवित्र समाज सेवा नेपाल” नामक संस्थाको सहयोगार्थ सांगीतिक धमाका गर्न लागेको कुरा संस्थाका अध्यक्ष डोलराज न्याैपानेले तितोपाटी डट कम सँग को कुराकानीमा बताए ।

संस्थाकी महासचिव माया बुढाले तितोपाटी डट कम सँग कुरा गर्दै कुवेतमा हाल सम्म भैरहेका भन्दा पृथक शैलीको सांगीतिक कार्यक्रम इनास कुवेतले गर्न लागेको बताउँदै दर्शकहरूलाइ पुरै कार्यक्रम भरि नै पुर्ण मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले फुल फुलेर पहेंलै भयो, सुहाउला र दोहोरीमा र्याप,दामी देखिन्छ,बोर गरायो मायाले, जवानी ढल्क्यो,चम्पा-चमेली, डल्ली जस्ता सुपरहिट गीतहरू दर्शक-श्रोता माझ ल्याएर यतिखेर चर्चाको शिखरमा रहेकी कलाकार सम्झना लामिछानेलाइ कुवेत ल्याउन लागेको बताउँदै वार्षिक उत्सवको अवसरमा अायोजना गरिने कार्यक्रम मात्रै नभएर दर्शकहरूबाट वाहवाही पाउने किसिमले कार्यक्रमको तयारी गर्न लागेको बताइन । इनास कुवेतले यस पटकको कार्यक्रमबाट अाम्दानी भएको रकमबाट अाम्दानीको ५० प्रतिशत नेपालमा अनाथ, सडक बालबालिका र असहायहरूको सहाय बन्दै अाएकी दिक्षा चापागाइले संचालन गरेको “पवित्र समाज सेवा नेपाल”लाइ सहयोग गर्ने भएको हो ।

कार्यक्रम उत्पादन गर्ने क्रममा कार्यक्रमको स्तरीयतालाइ ध्यानमा राखी यस पटकको कार्यक्रममा नेपाल तथा भारतका विभिन्न चर्चित म्युजिक भिडियोहरूमा निर्देशन गरिसकेका नृत्य निर्देशक इश्वर बि एम ले कुवेत स्थित स्थानीय कलाकारहरूलाइ नृत्य प्रशिक्षण गराइ रहेका छन् भने दर्शकलाइ पुर्ण मनोरञ्जन प्रदान गर्नको लागि यस पटकको कार्यक्रमलाइ पुर्ण संगीतमय बनाउन लागि परेको महासचिव माया बुढाले बताइन् ।

मौलिक कला र संस्कृतिका साथमा कलाकारको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले यस अघि कुवेत डान्सिङ स्टार,कुवेत सिंगिङ स्टार जस्ता कार्यक्रमहरू कुवेतवासी नेपालीहरूमाझ पस्किसकेको छ भने गत यसै वर्षको शुरूमा चर्चित लोकदोहोरी गायक खुमन अधिकारीलाइ कुवेत ल्याइ सफल सांगीतिक धमाका सम्पन्न गरिसकेको छ । यस पटकको कार्यक्रमको लागि इनास कुवेतलाइ TVS Cargo Services र Al-Marwad International ले कार्यक्रमको प्रायोजन गरेका छन् ।

कार्यक्रमलाइ भव्य, सभ्य र सफल रूपमा सम्पन्न गर्नको लागि इनास कुवेतको पुरै टिम सकृय भएर लागि परेको छ भने उक्त सांगीतिक कार्यक्रममा उपस्थितिको लागि नेपाली राजदूतावास कुवेत लगायत कुवेतमा कृयाशील संघ संस्था, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार लगाएत सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई अग्रिम निमन्त्रणा गर्दै उक्त दिन कुनै कार्यक्रम नजुधाइ दिनुहुन कुवेत स्थित संघ संस्था तथा सर्वसाधारण सबैमा इनास कुवेतले हार्दिक अाग्रह गरेको छ ।

कार्यक्रमको विवरण:-
स्थान : इन्डियन सेन्ट्रल स्कुल जलिब ।
मिति : २४ जनवरी २०२० शुक्रबार ।
कार्यक्रम : वार्षिक उत्सव तथा अतिथि कलाकारको साथमा सांगीतिक च्यारिटी सो २०२० ।
आयोजक :अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेत ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...