Friday 23rd October 2026

कुवेतमा नुवाकोटका प्रजय तामाङको मृत्यु


हरि कृष्ण न्यौपाने – कुवेतमा फेरि एक जना नेपाली कामदारको मृत्यु भएको छ।नोभेम्बर २४,२०१९ आइतबार बिहान मेघाङ गाउँपालिका वडा नं ६ नुवाकोटका प्रजय तामाङको मृत्यु भएको हो। नुमन सिं तामाङ र सेर्कुमाया तामाङका छोरा राहदानी नं-०८३४००३२ का २५ बर्षिय प्रजय तामाङको सुतेकै ठाउँमा मृत्यु भएको थियो। लगभग २ बर्षदेखी कुवेतलाइ कर्मथलो बनाइ रहेका प्रजय तामाङ अल्घानिम इन्टरनेश्नल जेनेरल ट्रेडिङ एन्ड कन्ट्राक्टिङ कम्पनिमा कार्यरत थिए तर केही समय यता उनि कम्पनिबाट भागेर अवैध रुपमा रहँदै आएको जानकारी प्राप्त भएको छ।

मृतक संगै बस्ने मृतकका साथीका अनुसार प्रजयको अत्याधिक मादक पदार्थ सेवन गरेको कारण निधन भएको हो।शनिबार बेलुकी अबेला सम्म मादक पदार्थ सेबन गरेका प्रजय आइतबार बिहान लगभग ४ बजे तिर साथी बिउँझेर हेर्दा घोप्टो परेर रगत वान्ता गरिराखेको अवस्थामा मृत भेटिएका थिए। पछिल्लो समयमा कुवेतमा विभिन्न अखाद्य पदार्थ र केमिकलबाट निर्मित मदिरापान सेवनले मृत्यु हुने नेपालीहरुको संख्यामा वृद्धि भएको छ।

नेपाली दूतावासकी द्वित्तीय सचिब जानकी ओझाले तितोपाटी डटकम संग भनिन” प्रजय तामाङको मृत्युको बारे प्रारम्भिक जानकारी प्राप्त भएको र उनको मृत्यूको कारण तथा अन्य कानुनी प्रकृयाका लागि संम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।हामीले सबै प्रकृयाहरुमा नेपाली दूतावासले गर्नु पर्ने सहयोग गरिरहेका छौ त्यसै गरि मृतकका परिवार तथा सम्बन्धित कम्पनी संग पनि समन्वय गरि मृतकको शब पठाउन आबश्यक पहल गर्ने छौं।”

मृतकको शव पोस्टमार्टमका लागि पुलिसले फर्वानिया अस्पताल लगेको बुझिएको छ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...