Thursday 10th September 2026

कुवेतमा नुवाकोटका प्रजय तामाङको मृत्यु


हरि कृष्ण न्यौपाने – कुवेतमा फेरि एक जना नेपाली कामदारको मृत्यु भएको छ।नोभेम्बर २४,२०१९ आइतबार बिहान मेघाङ गाउँपालिका वडा नं ६ नुवाकोटका प्रजय तामाङको मृत्यु भएको हो। नुमन सिं तामाङ र सेर्कुमाया तामाङका छोरा राहदानी नं-०८३४००३२ का २५ बर्षिय प्रजय तामाङको सुतेकै ठाउँमा मृत्यु भएको थियो। लगभग २ बर्षदेखी कुवेतलाइ कर्मथलो बनाइ रहेका प्रजय तामाङ अल्घानिम इन्टरनेश्नल जेनेरल ट्रेडिङ एन्ड कन्ट्राक्टिङ कम्पनिमा कार्यरत थिए तर केही समय यता उनि कम्पनिबाट भागेर अवैध रुपमा रहँदै आएको जानकारी प्राप्त भएको छ।

मृतक संगै बस्ने मृतकका साथीका अनुसार प्रजयको अत्याधिक मादक पदार्थ सेवन गरेको कारण निधन भएको हो।शनिबार बेलुकी अबेला सम्म मादक पदार्थ सेबन गरेका प्रजय आइतबार बिहान लगभग ४ बजे तिर साथी बिउँझेर हेर्दा घोप्टो परेर रगत वान्ता गरिराखेको अवस्थामा मृत भेटिएका थिए। पछिल्लो समयमा कुवेतमा विभिन्न अखाद्य पदार्थ र केमिकलबाट निर्मित मदिरापान सेवनले मृत्यु हुने नेपालीहरुको संख्यामा वृद्धि भएको छ।

नेपाली दूतावासकी द्वित्तीय सचिब जानकी ओझाले तितोपाटी डटकम संग भनिन” प्रजय तामाङको मृत्युको बारे प्रारम्भिक जानकारी प्राप्त भएको र उनको मृत्यूको कारण तथा अन्य कानुनी प्रकृयाका लागि संम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।हामीले सबै प्रकृयाहरुमा नेपाली दूतावासले गर्नु पर्ने सहयोग गरिरहेका छौ त्यसै गरि मृतकका परिवार तथा सम्बन्धित कम्पनी संग पनि समन्वय गरि मृतकको शब पठाउन आबश्यक पहल गर्ने छौं।”

मृतकको शव पोस्टमार्टमका लागि पुलिसले फर्वानिया अस्पताल लगेको बुझिएको छ।


सम्बन्धित शीर्षकहरु

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

प्रतिकृयाहरू
...