Wednesday 30th September 2026

सुनकोशीका हिरो सोनाम कुवेतबाट पुरस्कृत


तितोपाटी – नोभेम्बर महिनाको पहिलो साता एक भयानक बस दुर्घटना भयो । १८ जनाले ज्यान गुमाए भने चार दर्जन भन्दा बढी घाईते भए । दुर्घटना को ५ मिनट नपुग्दै सोनाम तामाङ नाम गरेका युवा रयाप्टिङ बोट लिएर पुगे र कयौको ज्यान बचाए ।

सिन्धुपाल्चोक जिल्लाको सुकुटेको उक्त कहाली लाग्दो दुर्घटनाले सवैलाई स्तव्ध बनायो । अझ कोलाहालपूर्ण भिडियो देखे पछि देशभरी नै त्यस घट्नाको चर्चा भयो । सोनाम र उनका साथीहरुले साहसीपूर्ण काम गरे । उनीहरुको साहस र उद्धारको देशै भरी प्रसंसा भयो ।

सोनामको बहादुरी लाई सम्मान गर्दै कुवेतमा रहेर नेपाली समाजका विभिन्न संघ सस्थामा नेतृत्व गरेका पाका व्याक्तित्व तथा समाजसेवी राजेन्द्र तामांगले कुवेतबाट उनै सोनामको बहादुरी कार्यलाई सम्मान गर्दै २५ हजार रकम तत्कालै सम्मान स्वरूप पठाए । तामाङले पठाएको उक्त रकम स्थानीय नगर प्रमुख निम्फुन्जो शेर्पाको हातबाट एक समारोहका विच सोनामलाई हस्तान्तरण गरियो ।

कुवेतवासी नेपालीहरुको तर्फबाट राजेन्द्र तामांगले पठाएको उक्त सम्मानले कुवेतवासीलाई गौरब दिलाएको यहाँका मानिसहरुले प्रतिक्रिया दिएका छन । राजेन्द्र तामांग पनि सिन्धुपाल्चोक निवासी हुन ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...