Thursday 22nd October 2026

तमु समाज कुवेतको “तमु ल्होसार” आगामी जनवरी १० मा हिजुल कबडमा हुने


तितोपाटी – तमु समाज कुवेतले तमुहरूको महान चाड “तमू ल्होसार” आगामी १० जनवरी २०२० को दिन कुवेतको हिजुल कबड एरियामा बिभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरि मनाउने भएको छ ।  “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नाराका साथ २५ डिसेम्बर २००९’मा स्थापित नेपाली समाज कुवेतको सबै भन्दा जेष्ठ जातिय संस्था ‘तमू समाज कुवेत’ले आफ्नो महान चाड चि-ल्हो (मुसा) तमू ल्होसार आगामी जनवरी १० मा मनाउने भएको हो ।

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक र मानविय सेवाका कार्यमा निरन्तर लागि पर्दै आइरहेको तमू समाज कुवेतले हरेक वर्ष तमू ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ। तमू समाज कुवेतले “तमू ल्होसार” (चि-ल्हो बर्ग) को ल्होसार कार्यक्रमलाइ भव्य र सभ्य रूपमा सफल बनाउनको लागि आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य र गीतहरुले अतिथिहरुलाई समाजका कलाकार भाई बहिनीहरुको जोडदार प्रस्तुती रहने जानकारी दिएको छ भने कार्यक्रमको लागि हलको खोजीमा रहेको र हल्ल्को टुंगो चाडै नै लगाएर सार्वजनिक गरिने पनि अध्यक्ष गुरूङले बताए ।

“तमू ल्होसार” कार्यक्रममा गरिमामय उपस्थितिको लागि नेापली राजदूतावास कुवेत लगायत कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी,  पत्रकार, बुद्धिजिवि, समाजसेवी, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रम लाई सफल बनाउन सहयोग गर्न अनुरोध गर्दै उक्त दिन कुवेतमा कृयाशिल संघ सँस्था लगायत कसैले पनि कुनै पनि प्रकारका कार्यक्रमहरू नजुधाइ दिनुहुन पनि तमु समाज कुवेतले आग्रह गरेको छ ।

तमु ल्होसार कार्यक्रमको विवरणः
आयोजक : तमू समाज कुवेत ।
कार्यक्रम : तमू ल्होसार ।
स्थान :हिजुल कबड एरिया ।
मिति: १० जनावरी २०२० शुक्रबार ।


सम्बन्धित शीर्षकहरु

गाजा युद्ध, क्षेत्रीय सुरक्षा चुनौती र राजनीतिक विवादका बीच इजरायलमा अक्टोबर २७ मा आम निर्वाचन हुँदैछ। यस निर्वाचनबाट १२० सदस्यीय…

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

प्रतिकृयाहरू
...