Sunday 28th April 2024

कालापानी नेपालको पुरानो घाउ जहाँ भारतले जहिले पनि नुन छर्किने काम गर्यो


-असल किराती चाम्लिङ्ग

पश्चिममा किल्ला कागडा पुर्वमा तिस्टा पुगे थियौ,
कुन शक्तिको सामुमा कहिले हामी झुके थियौ ।

उपरोक्त गीत बमोजिमको नेपालको क्षेत्रफल इतिहास बनेर केवल अब नेपाली गितका शब्दहरुमा मात्र सिमित भएको छ । सुगौली सन्धिले खोसेर बाँकी रहेको नेपाली माटो बिगतमा झै पटक पटक खोसिदै गएको छ । लिम्पियाधुराबाट निस्कने महाकाली नदी नेपालको पश्चिमी सीमा भएको सुगौलीसन्धीबाट स्थापित ध्रुवसत्य हो । त्यसभन्दा पूर्वका कालापानी,लिपूलेक क्षेत्र स्वत: नेपालका अविभाज्य भूभाग हुन्। परन्तु आफुलाई बढी ‘राष्ट्रवादी’ठान्ने राजा महेन्द्रले त्यहाँ भारतीय सैनिक राख्न दिएदेखि उठेको विवाद हल गर्न बनेको संयन्त्रले काम पूरा नगर्दै भारत सरकारले एकपक्षीय रूपमा सो क्षेत्र समेटेर नक्सा जारी गर्नु कुनै पनि स्वाभिमानी नेपालीलाई सैह्य हुन सक्दैनन । नेपालको इतिहासलाई फर्केर हेर्ने हो भने सन १९५० को सन्धिसम्झौताबाट खलबलिएको नेपाल र भारतको सिमनामा भारतको हेपाह प्रवृति प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामीले समय-समयमा दोहोरिरहेको पाउँछौ । जसरी अहिले नेपाल र भारत सिमा विवाद चर्किरहेको छ,जुन नेपालको कारणले बिल्कुलै होइन । त्यसको मुख्य कारण र त्यसको स्रोत भनेको भारतीय बिस्तारवादको नीति हो जस्ले गर्दा आज फेरि सिमा बिवाद चरम चुलिमा पुगेको छ। भारतीय बिस्तारवाद नीति र त्यस्का पस्चगामी तत्वहरुले गर्दा आज लिपुलेक र कालापानी लिम्पियाधुरा मात्र कहाँ मिचिएको छ र ! सयौबर्ष देखि भारतले नेपाली भूमि मिचिरहेको छ । भारतीय बिस्तारवादको अब लेखा जोखा हुनुपर्छ । नेपालको इतिहास र सिमा सम्बन्धी दरिलो बहस नेपाली राजनितीमा हुनुपर्छ र त्यस्को समाधानका उपायहरू अपनाउन जरुरी देखिन्छ । प्रजातन्त्र पुनर्बहाली पछि मात्रै यो समस्या सार्वजनिक रुपमा आम चासोको विषय बनेको थियो ।

नापी बिभागले नेपालको नक्सा जारी गरेपनि त्यहाँ नै नेपालको उपस्थिति कायम हुन नसक्दा आज यो हविगत नेपाल र नेपाली जनताले भोग्नु परेको छ । सुगौली सन्धिमा लिपुलेक,कालापानी मात्रै नभएर लिम्पियाधुरा समेत नेपालमा छ तर बिड्म्बना नेपाल कै आधिकारिक नक्सामा समेत लिम्पियाधुरा समिटिएको छैन । भारतले कुटि गुन्नि नावि कालापानी अतिक्रमण गर्दै आएको छ। यस विषयमा नेपालबाट उचित कुट्नैतिक पहल हुन नस्क्दा कालापानी लगायतको समस्या निराकरण हुन नसकेको मात्र होइन उल्टै दिन प्रतिदिन जटिलता बढ्द गएको छ । सन २०१५ मा भारत र चिनले नेपाली भुमि कालापानी लिपुलेक हुदै दुई देशिय ब्यापारिक करिडोर बनाउने सम्झौता हुनु यसको दृस्टान्त हो । नेपालको कुट्नैतिक कौसलको कारण कम्जोरी नै भन्नु पर्छ,काठमाण्डौमा आपति जनाए ता पनि नया दिल्ली र बेइजिङ् दुवैलाई यो सन्धिलाई सच्च्याउन कुनै तादरुकता अझै देखिएको छैन उल्टै अहिले सम्म मौन बसिएको छ। नेपालले त्यहि बेला दुवै छिमेकी मुलुक सँग गहिरो सम्बाद गर्न सकेको भए आज उक्त क्षेत्रको समस्या समाधान हुन्थ्यो तर नेपालको कुटनीतिक कौसलताको कम्जोरिको कारण त्यो अवसर गुमाएको थियो । नेपाल सरकारले तत्काल यो सम्स्या समाधान गर्न सकेने भने सिंहदरबार भित्र बस्नेलाई बस्न कुनै अधिकार छैन। नेपाल र नेपालीको राष्ट्रियताको सवाल छ त्यसैले यसको लागि ठोस कदम चालिनु पर्छ ।

महाकाली सम्झौता भनौ या सप्तकोसीको ब्यारेजको साँचाेको बिषय भनौ,लिपुलेक मात्र नभएर बेलाबेलामा दस गजा क्षेत्रको सिमा स्तम्भहरू सारेको विषय पनि नउठेका होइनन् तर राज्यसत्तामा बसेका मुलुकका नेताहरू भाडाका टट्टु जस्तै टुलुटुलु हेर्नु सिवाई केहि गर्न सक्दैनन् । राती सुतेको नेपाली नागरीक भोलीको बिहानी मिरमिरे सँगै भारतीय भुमिमा आफुलाई भेट्टाउदा ती पीडित नेपाली नागरिकको मनमा कति पीडा भयो होला । तर सरकार यो विषयमा जानकार भएता पनि अनभिज्ञ भएको जस्तो नाटक गरि बसेको छ । तितो तर यथार्थपरक सत्य तथ्य तथ्यांक यहि हो अनि समय सान्दर्भिक कुटनीतिक विषय पनि । नेपालको सन्दर्भमा अहिलेसम्म भारतको कुनै पनि सिमाना क्षेत्रमा रहेको जग्गा कहि कतै एकचिम्टी माटोसम्म नेपालको तर्फबाट मिचेको छैन भने भारतीय बिस्तारवादको यस्तो ज्यादती किन ?

सन्धी-सम्झाैता, तथ्य र प्रमाणहरुले नेपाली भुभाग भनेर पुस्टि गर्दा गर्दै उक्त क्षेत्र भारतीय अर्ध सैनिक बलको नियण्त्रणमा रहदै आएको छ । बिस्तावादी भारतले हेपाह प्रवृति कायम राख्दै नेपाल भुभाग मिचेर आफ्नो सिमा भित्र पारेको छ , पछिलो भारतीय नक्सालाई नेपालको नापी शाखाको प्राविधिकले अध्ययन र अनुसाधान गरेपनि नेपालले औपचारिक धारणा जनाई सकेको छैन । भारतले कालपानी क्षेत्र नियन्त्रणमा लिएको झन्डै ६ दशक भैइसकेको छ । सन १९६२ को भारत चिन युद्ध पश्चात भारतीय सुरुक्षाकर्मीहरु बेस क्याम बनाएर बसेका छन् । यस बारेमा हिजो न त हिँजोको पन्चयाती साशक बोले नत गणतन्त्रवादीहरु बोलेका छन, जुन मुद्धा दिन प्रति दिन पेचिलो बन्दै गएको छ । भारतीय बिस्तारवादको प्रभाव नेपालमा मात्र नभएर भारतसङग जोडिएका अरु अन्तर्राष्ट्रिय दशगज्जाहरुमा पनि विवाद छदैछ । यसबाट हामीले के बुझ्नु पर्छ भने भारत बिस्तारवादको नीति लिएर आफ्नो छिमिकी देशहरुलाई ज्यादती गरेको संसारसामु छर्लङ्ग भएको छ। जस्तै : चिन र भारत बिचको सिमा विवाद,पाकिस्तान र भारतबिचको सिमा विवाद,बङलादेश र भारत बिचको सिमा विवाद यी विवादहरुमा खाली भारतपट्टिको एकलौटी धरपकड र ज्यादज्यादी रहेको छ र त्यो प्रष्ट देखिन्छ। अझ भारत र पाकिस्तान विच हुने गरेको जम्मु कस्मिरको सिमा विवाद त अहिले झन बढेर गएको देखिन्छ।अहिले भारतले स्थापित गरेको भारतीय नक्सामा जम्मु कस्मिर भारतको हो भनी दाबी गरि भारतको नक्सामा समावेश गरिएको छ । यो त झनै पाकिस्तान र भारत बिच कहिल्यै न सुल्झिने दरार सिर्जना गराउमे मुख्य केन्द्रको रुपमा स्थापित भएको देखिन्छ । नेपालको पनि उस्तै स्थिती रहेको देखिन्छ । अहिले भरतले सार्वजनिक गरेको नक्सामा नेपालको लिपुलेक र कालापानी समाबेस गर्यो र नेपालको नक्सा नै बिलुप्त बनायो, आखिर किन ?

अहिलेको भरतीय नक्साको बारेमा भारत मै पनि बुद्दिजिबिहरू तथा सिमाविदहरूले टिका टिप्पणी गरिरहेका छन। नेपालको तर्फबाट नेपाली बुद्धिजिबिहरुले पनि टिक्का टिप्पणी गरिरहेका छन् । , कि जुन भारतको बिस्तारवादी नीतिले भारतीय नक्सा उल्लेख गर्यो त्यो साचो अर्थमा विवादित नै छ त्यस्लाई सच्याउन जरुरी छ ।

अहिले यो विषय नेपालको लागि अजिङ्गरको मुखबाट सिकार खोसेर ल्याउनु जतिकै कठिन परिस्थिति बन्न पुगेको छ । नेपाल र भारतका अधिकारीहरू बिच संयुक्त आयोगको बैठक इ जि पि मा समेत विवाद सुझाउने सम्झौता भएपनि पछिलो समयमा काठमाडौं र नयादिल्लीले यस बारेमा कुनै सम्वाद गरेको छैन । कालापानी नेपालीहरुको पुरानो घाउ हो जहाँ भारतले हमेसा नुन छर्किने काम गर्दछ । कालापानी मात्र होइन नेपालको सुस्ता लगायतको तराईको क्षेत्रमा पनि दिनहुँ जसो सिमा अतिक्रमणले विवाद हुदै आएको छ । धेरै स्थानको सिमा स्तम्भ सारिएको छ र स्तम्भको नाप र नक्सा समेत हराईसकेको छ । सिमा क्षेत्रमा नेपाली किसानहरुको जमिन भारतीय हरुले कति खेर खोस्छ त्यसको लेखा जोखा कुनै छैन नेपाल सरकारसँग।
ठूलो आकारको छिमेकी देश हुनाले उसले नै यस मामिलामा बढी उदारता देखाउनुपर्ने हो। वार्ताद्वारा सत्यतथ्यका आधारमा शीघ्र यो समस्या हल होस् । त्यसैले अब भारतीय हस्तक्षेप रोक्नकोलाई प्रधानमन्त्री स्तरमा दुई देसको सिमा विवाद सुझाउन सम्बाद गरेर नेपाल र नेपालीको स्वधिनता, सार्वभाैमसत्ता र राष्ट्रिय अखन्डतालाई जोगाउनको लागि बर्तमान राज्यसत्तामा बसेको नेतृत्वको परिक्षाको घडि आएको छ जसमा सम्पुर्ण नेपालीले अफ्नो गुमेको मतृभुमि फिर्ता गराउन पर्छ भनेर सधै साथ दिरहेको छ ।

जय मातृभुमि !

उदयपुर, नेपाल


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...