Thursday 29th January 2026

स्वास्थ्य परीक्षणका लागि लिएको रकम फिर्ता गर्न आग्रह


तितोपाटी- वैदेशिक रोजगार विभागले मलेसिया रोजगारी जाने कामदारसँग प्रक्रिया नै शुरु नभइ इमिग्रेसन सेक्युरिटी क्लियरेन्स र वायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि रकम लिएको भए फिर्ता गर्न म्यानपावर कम्पनीलाई आग्रह गरेको छ ।

विभागले एक सुचना जारी गर्दै मलेसियामा रोजगारीका लागि कामदार पठाउने सम्बन्धमा वैदेशिक रोजगार विभाग ताहाचलबाट सोमबार साँझसम्म १८ सय कामदारको मात्र पूर्व श्रम स्वीकृति निस्केको तर करिब एक लाख भन्दा बढी कामदारको मेडिकल र जिएसजी भई कामदारसँग ठुलो रकम उठाएको भन्दै म्यानपावर कम्पनीलाई पैसा लिएको भए फिर्ता गर्न आग्रह गरेको हो । रोजगारीका लागि मलेसिया जाने कामदारको वायोमेडिकल स्वास्थ्य परीक्षण गर्दा ४ हजार ५ सय र जीएसजी गर्दा ३ हजार २ सय गरी ७ हजार ७ सय खर्च हुन्छ । विभागको दावी मान्ने हो भने एक लाख कामदारले स्वास्थ्य परीक्षण गराउँदा ७७ करोड रुपैयाँ खर्च भएको छ ।

विभागले रोजगारीका लागि मलेसिया जाने कामदारको पूर्व स्वीकृति बमोजिम छनोट भई प्रक्रिया पूरा नहुँदै कुनै पनि व्यक्तिले मेडिकल र जिएसजीका नाममा रकम उठाउन नपाउने भएकाले ती दुबै प्रक्रियामा सहभागी नहुन समेत रोजगार आकांक्षी कामदारहरुलाई आग्रह गरेको छ । पूर्व स्वीकृति लिई कामदार छनोट भइसकेपछि मेडिकल र जीएसजी गर्न पठाउँदा पत्र र लट नम्बरसहित पठाउन पनि अनुरोध गरेको छ ।
साभार-खबर हब


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...