Friday 16th January 2026

सुनकोशी नदीमा बस दुर्घटना मृतकको संख्या ९ पुग्यो


तितोपाटी-सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ ।

दोलखाको मागा देउरालीबाट काठमाडौ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्गको सुकुटे नजिकैबाट सुनकोशी नदीमा खस्दा ९ जनाको मृत्यु भएको हो ।अरनिको यातयात कम्पनी प्रालीको बस दिउँसो साढे १ बजे सुनकोशी नदीमा खसेको थियो । बस सुनकोशी नदीमा खस्दा एक बालकसहित हालसम्म ९ जनाको मृत्यु भएको छ । अहिले घटनास्थलमा प्रहरीसहित स्थानीयले उद्दारकार्य जारी राखेका छन् ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...