Saturday 6th December 2025

गायिका पुजा सुनुवारले प्राप्त गरिन उत्कृष्ट अवार्ड


तितोपाटी-चर्चित गायिका पूजा सुनुवारले ओएस नेपाल म्युजिक अवार्ड-२०७६ मा सर्वोत्कृष्ट सुनुवार गायिकाको अवार्ड जितेकीछिन् ।गत बिहिबारका दिन काठमाडौ स्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित एक भव्य समारोहका बिच गायिका पूजाले उक्त अवार्ड हत्याएकी हुन ।
केही समय अगाडि स्रोता/दर्शक माझ ल्याइएको सुनुवार जाती/समुदायको भाषाको गीत ‘नम्सेवल’ (नमस्कार) सुनुवार समुदाय माझ निकै लोकप्रिय रहेको छ।
कृष्ण सुनुवारको शब्द,पुष्कर सुनुवारको संगीत तथा उत्तम सुनुवारको भाषानुवाद एवं केशव विश्वकर्माको छायांकन र नवीन सुनुवारको सम्पादन रहेको उक्त गीतलाई गायिका पूजाले भाषा नबुझ्नेहरु लाई पनि नाचौं-नाचौं लाग्ने गरि निकै आकर्षक ढंगले गाएकी छिन् ।उक्त गीत र भिडियोमा विषेश गरि राई,लिम्बू र सुनुवार लगायतका किराँत समुदायले मनाउने मौलिक चाडपर्व उधौली-उभौली र श्याँदर-पिदार (पितृ पूजा) को अवसरमा भेटघाट हुँदा दौँतरीहरु बिच गरिने ख्यालठट्टा र आफ्नो संस्कृतिको बारेमा संक्षेपमा उल्लेख गर्न खोजिएको छ । यस अघि पनि संगीतका विभिन्न विधामा देश-विदेशमा आयोजना भएका राष्ट्रिय तथा अन्तरास्ट्रिय थुप्रै अवार्ड र संमानहरु प्राप्त गरिसकेकी गायिका पूजा सुनुवारको भषाभाषी गीत गायन बाट भने यो दोस्रो अवार्ड हो । यसअघि उनले नेपाल भाषा (नेवारी) गीत बाट पनि सर्वोत्कृष्ट गायिकाको अवार्ड हत्याईसकेकी छिन।


सम्बन्धित शीर्षकहरु

भारतको नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय डीजीसीए (DGCA) ले इन्डिगो एयरलाइन्ससँग उत्पन्न विवाद र यात्रु सेवासँग सम्बन्धित समस्याहरू समाधान…

सुडानका सेना प्रमुख अब्देल फताह अल-बुरहानले बिहीबार अल अरेबियालाई बताएअनुसार अर्धसैनिक समूहले हतियार नराखेसम्म र्‍यापिड सपोर्ट फोर्सेस (RSF) सँग कुनै…

इजरायली सेनाले बिहीबार भनेको छ कि उसको सेनाले दक्षिणी गाजाको रफाह मुनि सुरुङमा फसेका लगभग ४० हमास लडाकूहरूलाई मारेको छ,…

प्रतिकृयाहरू
...