Saturday 21st March 2026

अत्याधिक मोटा युवतीहरूको ‘सुपर प्लस मोडल’ प्रतियाेगिता


तितोपाटी – माेडल भन्ने वित्तिकै स्लिमफिट सुडाैल परेका अाकर्षक शारीरिक बनावट र सुन्दर अनुहार भएकाहरूलाइ बुझ्ने गरिन्छ । तर अाजकल माेटा युवा युवती विच प्रतिस्पर्धा गराएर विश्वव्यापी प्रतियाेगिता गर्न थालिएको छ । अहिले नेपालमा त्यस्तै मोटोपना भएका युवतीहरूकाे प्रतियोगिता गर्न लागिएको छ । मोटोपना भएका युवतीहरुलाई ‘सुपर प्लस साइज मोडल नेपाल’ नामक प्रतियोगिताको रूपमा आयोजना गर्न लागिएको छ । मोडल सङ्स नेपालले ओमानियाको प्रस्तुतिमा आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुकका निम्ति आवेदन खुला गरिएको छ।

प्रतियोगितामा १६ देखि ५५ वर्षका विवाहित तथा अविवाहित महिलाहरु सहभागी हुन सक्ने आयोजकले जनाएको छ। आयोजकका अनुसार ५५ केजीभन्दा माथिको तौल भएका महिलामात्र प्रतियोगितामा सहभागी हुन सक्नेछन्।

आयोजक मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतका अनुसार छनोट हुने प्रतियोगीहरु विभिन्न विधाबारे जानकारी र प्रशिक्षण प्रदान गरिनेछ। यो प्रतियोगिताको तेस्रो संस्करण हो। ‘प्लस साइजका कारण हिनताबोध भएका युवतीहरुलाई प्रोत्साहन गरेर क्षमता प्रस्तुत गरेर आत्मबल बढाएर समाजमा सकारात्मक सन्देश फैलाउने प्रतियोगिताको आयोजना गर्दै आएका छौं,’ उनले भने।

प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय ब्युटी प्याजेन्ट ‘वल्र्ड टप प्लस साईज – २०२०’ मा सहभागिता जनाउन पाउने जानकारी उनले दिएका थिए। उत्कृष्ट तीन रनरअपहरुले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न फेशन सो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने जानकारी पनि आयोजक संस्थाले दिएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...