Tuesday 7th May 2024

लालीगुराँसको दशैं विशेष “शर्मा एण्ड मुन्द्रे सो” भव्य रूपमा सम्पन्न


लालीगुराँसको दशहरा सांगीतिक धमाकामा जीवन शर्माका गीतसँगै झुमे कुवेतवासी
तितोपाटी – लालीगुराँस सांस्कृतिक परिवार नेपाल-कुवेतले नेपालीहरूको महान चाड विजया दशमी २०७६ को अवसर पारेर आयोजना गरेको दशहरा सांगीतिक धमाका – २०१९ हिँजो ४ अक्टोबर २०१९ शुक्रबारको दिन कवेतको खैतान स्थित राजधानी होटलको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाले नेपालबाट अतिथि कलाकार द्वय सबै नेपालीका प्यारा चर्चित जनगायक जीवन शर्मा र कमेडी स्टार जितु नेपाल “मुन्द्रे” लाइ कुवेत ल्याइ दशै विशेष कार्यक्रम कार्यक्रम गरेको हो । प्रवासमा रहेर पनि नेपाली कला,संस्कृति र परम्पराको संरक्षण र सम्बर्धनको लागि नेपालका हरेक सांस्कृतिक पर्वहरू मनाउँदै आएको लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतले दशैं विशेष सांगीतिक कार्यक्रम विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि भव्यताका साथ मनाएको हो ।
संस्थाका अध्यक्ष माधव पाैडेल “असल यात्री”को सभाध्यक्षता र नेपाली राजदूतावासका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यतमा सम्पन्न दशैं विशेष कार्यक्रममा अतिथि कलाकारहरूलाइ माैलिक पञ्चेवाजाका साथ स्वागत गर्दै कार्यक्रम हलमा स्वागत गरिएको थियो । दुर्गा भवानीको पुर्जा अर्चना र टिका जमरा लगाएर शुरू भएको थियो भने कार्यक्रमलाइ भव्य र सभ्य बनाउन एनअारएनए, पत्रकार महासंघ लगायत कुवेतमा कृयाशिल अधिकांश संघ संस्थाका पदाधिकारी एवं प्रतिनीधिहरू कार्यक्रम स्थलमा उपस्थित भएका थिए । दशैंको समयमा धेरै जसो नेपलीहरू वार्षिक विदामा नेपाल गएको तथा आयोजकले दुइ “सो” गर्ने भनेर प्रचार प्रसार गरेको कारण कतिपय दर्शकहरू दुविधामा परेर कार्यक्रममा उपस्थित हुन नसेक पनि कार्यक्रम हलमा गायक शर्माका गीत सुन्न र कमेडी स्टारको कमेडी हेर्न आउनेको भीड नै देखिन्थ्यो ।
प्रमुख अतिथि लगायतको दशैं विशेष शुभकामना मन्त्तव्य पश्चात पहिलो चरणमा कमेडी स्टार जितु नेपालले वर्तमान राजनीतिक अवस्था, राजनेताहरू, भरखरै नेपालमा भइरहेका घटना विशेष र प्रवासमा बस्ने श्रमिक दाजुभाइ तथा दिदीबहिनीका कथा व्यथा तथा कृयाकलापलाइ समेटेर कमेडी प्रस्तुत गरेका थिए भने उनको प्रस्तुतिमा मन्त्रमुग्ध भएर दर्शकहरू पेट मिचिमिची हाँसेका थिए । दोश्रो चरणमा चर्चित जनगायक स्टेजमा आउँदा दर्शक दिर्घाबाट गडगडाहट तालीका साथ स्वागत गरिएको थियो भने जीवन शर्माका हरेक गीत सुन्दा दर्शकहरू मन्त्रमग्ध भएर जीवन शर्मासँग तालमा ताल मिलाएर गाइरहेका देखिन्थे भने कतिपय दर्शकहरू गीतको भावमा डुबेका अस्थामा पनि देखिन्थे । जनताका कथा, व्यथा र पीडाहरूलाइ गीतमा ढालेर प्रस्तुत गर्ने जीवन शर्माका गितहरू सुनेर दर्शक दिर्घाबाट हरेक गीतका लागि “वान्स मोर””वान्स मोर” का आवजहरू पटक पटक सुनिन्थ्यो । सामाजिक यथार्थतालाइ चित्रण गर्दै श्रमिक मजदुरवर्गको पीडा ओकल्ने जीवन शर्माका गीत मन नपराउने कमै होलान् । अत्यन्तै मनछुने शब्द र मार्मिक भावमा जीवन शर्माले गितहरू गाउँदा सबै दर्शकले एकाग्र भएर गीत सनेको प्रष्टै देखिन्थ्यो । जिवन शर्माले “मधेसी, पहाडी, हिमालका हिमाली …हामी सब नेपाली” बाट शुरू गरेर “यसपाली त यस्तै भो आमा, अर्को साल दशैंमा फर्काैला”, “फोक्ल्याण्डको टापुबाट”, “झरनाको चिसो पानी” लगायतका दर्जनाै गीतहरू गाएर “सिमली छायाँमा बसी” बोलको गीतबाट आफ्ना प्रस्तुतिहरूलाइ बिट मार्दै गर्दा प्रमुख अतिथि लगायत सबै दर्शकहरूलाइ संगसंगै नचाएका थिए ।
अतिथि कलाकारका साथमा स्थानिय कलाकारहरूले पनि गित तथा नृत्य प्रस्तुत गरेको उक्त कार्यक्रमलाइ अलमुल्ला एक्सचेन्जले प्रायोजन गरेको थियो भने कुवेतमा कृयाशिल संघ संस्था तथा लब्ध प्रतिष्ठित ब्यक्ति ब्यक्तित्वहरूले आ-आफ्नो तर्फबाट सहयोग पनि गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म…

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११…

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर…

प्रतिकृयाहरू
...