Friday 31st October 2025

कोसेली समुह कुवेतको बडा दशैं २०७६ को शुभकामना


तितोपाटी – नेपालीहरूको महान चाड बडा दशैं २०७६ को पावन अवसरमा हामी हाम्रा दर्शक, श्रोता, पाठक एवं सुभेच्छुक साथै स्वदेश तथा विदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुख, शान्ति, समृद्दि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं ।

विजया दशमीले सबैमा हाँसो, खुशी र उमंग ल्याओस । सबैको मन तथा विचारमा भाइचारा र भातृत्वको भावना जागृत होस । एक-आपसमा छुट्टिने भन्दा मिल्ने बिचारले स्थान पाओस । छुटेकाहरूको मिलन होस । ठुलालाई आदर र सानालाई माया गर्ने भावना बढेर जाओस । बिखण्डन होइन एक-आपसमा एकता र सद्भाव बढोस । रीस, द्वेस, क्लेस, झै-झगडा जस्ता नकारात्मक विचारको नष्ट भएर दया, माया, करूणा, प्रेमवात्सल्यता जस्ता सकारात्मक विचार सबैमा जागोस ।बडा दशैंको यही छ सबैमा शुभकामना ।

 


सम्बन्धित शीर्षकहरु

वासिङ्टन: संयुक्त राज्य अमेरिकाले मंगलबार मालीमा रहेका अमेरिकीहरूलाई तुरुन्तै व्यावसायिक उडानहरू प्रयोग गरेर देश छोड्न चेतावनी दिएको छ, किनकि अल-कायदासँग…

कुवेतले लागूऔषध र मनोरोगजन्य पदार्थ विरुद्धको आफ्नो जारी लडाईमा निर्णायक कदम चालेको छ। मन्त्रिपरिषद्ले लागूऔषध ओसारपसार र सम्बन्धित अपराधका लागि…

अक्टोबर १७ मा बेरेजोभ्स्की शहरमा आफ्नी श्रीमती ४९ वर्षीया ओल्गा ब्लिनोभालाई ठूलो भान्साको धागोले छुरा प्रहार गरेको स्वीकार गरेपछि रफिस…

प्रतिकृयाहरू
...