Sunday 19th May 2024

एनआरएन केन्द्रका आँखा कुवेतमा


तोयानाथ उपेक्षित – गैह आवासीय सँघ को अन्तराष्ट्रिय विश्व सम्मेलन को मिती नजिकदै गर्दा यसले विश्वभरीका गैह आवासीय नेपालीहरुलाई काठमाण्डौ तिर तानेको छ । यसका लागि कुवेतबाट मात्र सो सम्मेलनमा भाग लिन १३३ जनाले एनसीसीमा नाम दर्ता गराएका छन । जसमध्ये १०० जना भन्दा धेरै सहभागी काठमाण्डौको लागि बाटो लागि सकेका छन भने बाँकी जाने क्रममा रहेको एनसीसी कुवेतका अध्यक्ष सुजन केसी बताउनु भयो ।

जसरी एनसीसी कुवेतमा पंजिकृत सदस्य बढे त्यसरी नै केन्द्रको नेतृत्व लागि प्रत्यासी बनेका एनआरएनका हस्तीहरुका आँखा पनि कुवेतमा परे । विगत केही महिना पहिले एनसीसीको अधिवेशनलाई सम्बोधन गर्न हाल केन्द्रका लागि महासचिवका प्रत्यासी डिबी क्षेत्री र सचिवका प्रत्यासी राजेन्द्र शर्मा अर्थात आरके शर्मा कुवेत आउनु भएको थियो । गत साता मात्रै मध्यपूर्वको संयोजकका प्रत्यसी मनोज गोरखाली, केन्द्रका लागि उपाध्यक्षका उमेद्धार नरेन्द्र भाट कुवेत आएर फर्कि सक्नु भएको छ ।

विगतमा जस्तो एनआरएन केन्द्रका उच्च कदका उमेद्धारहरुको उपेक्षामा कुवेत यसपाली परेन । एनआरएन केन्द्रका अध्यक्षका प्रत्यासी कुल आर्चायले बेलायतबाट कुवेतको दौडाहा यसै साता गर्नुभयो । कुवेतका लागि उहाँको यो पहिलो यात्रा थियो । वहाँहरुले यहाँ एनसीसी र विभिन्न संघसस्थाका प्रतिनिधी तथा स्थानिय पत्रकारहरुसँग साक्षात्कार गरेर जानु भयो भने यसै विच सचिवका प्रत्यासी राजेन्द्र शर्मा आर्थात आरके शर्मा पुन कुवेत आउनु भयो । उहाँहरुले कुवेतको एनसीसीलाई सम्बोधन गर्ने र यहाँका समस्याहरुलाई सुन्ने काम मात्र गर्नु भएन, राहात तथा उद्धार कोषमा केही आर्थिक सहयोग समेत गरेर फर्कनु भयो ।

आज प्राप्त जानकारी अनुसार एनआरएन केन्द्रको अध्यक्षका लागि अर्का प्रत्यासी तथा बर्तमान उपाध्यक्ष कुमार पन्त आज साँझ कुवेत आउदैहुनुहुन्छ । उहाँको मुख्य कर्मथलो रसिया हो । भिजन २०२० को अवधारणा लिएर उहाँ आफ्नो चुनावी यात्राका क्रममा दर्जनौ देश विगतमा घुमिसकेको भए पनि कुवेतका लागि उहाँको शायद पहिलो भ्रमण हुनेछ ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...