Monday 28th September 2026

एनआरएन केन्द्रका आँखा कुवेतमा


तोयानाथ उपेक्षित – गैह आवासीय सँघ को अन्तराष्ट्रिय विश्व सम्मेलन को मिती नजिकदै गर्दा यसले विश्वभरीका गैह आवासीय नेपालीहरुलाई काठमाण्डौ तिर तानेको छ । यसका लागि कुवेतबाट मात्र सो सम्मेलनमा भाग लिन १३३ जनाले एनसीसीमा नाम दर्ता गराएका छन । जसमध्ये १०० जना भन्दा धेरै सहभागी काठमाण्डौको लागि बाटो लागि सकेका छन भने बाँकी जाने क्रममा रहेको एनसीसी कुवेतका अध्यक्ष सुजन केसी बताउनु भयो ।

जसरी एनसीसी कुवेतमा पंजिकृत सदस्य बढे त्यसरी नै केन्द्रको नेतृत्व लागि प्रत्यासी बनेका एनआरएनका हस्तीहरुका आँखा पनि कुवेतमा परे । विगत केही महिना पहिले एनसीसीको अधिवेशनलाई सम्बोधन गर्न हाल केन्द्रका लागि महासचिवका प्रत्यासी डिबी क्षेत्री र सचिवका प्रत्यासी राजेन्द्र शर्मा अर्थात आरके शर्मा कुवेत आउनु भएको थियो । गत साता मात्रै मध्यपूर्वको संयोजकका प्रत्यसी मनोज गोरखाली, केन्द्रका लागि उपाध्यक्षका उमेद्धार नरेन्द्र भाट कुवेत आएर फर्कि सक्नु भएको छ ।

विगतमा जस्तो एनआरएन केन्द्रका उच्च कदका उमेद्धारहरुको उपेक्षामा कुवेत यसपाली परेन । एनआरएन केन्द्रका अध्यक्षका प्रत्यासी कुल आर्चायले बेलायतबाट कुवेतको दौडाहा यसै साता गर्नुभयो । कुवेतका लागि उहाँको यो पहिलो यात्रा थियो । वहाँहरुले यहाँ एनसीसी र विभिन्न संघसस्थाका प्रतिनिधी तथा स्थानिय पत्रकारहरुसँग साक्षात्कार गरेर जानु भयो भने यसै विच सचिवका प्रत्यासी राजेन्द्र शर्मा आर्थात आरके शर्मा पुन कुवेत आउनु भयो । उहाँहरुले कुवेतको एनसीसीलाई सम्बोधन गर्ने र यहाँका समस्याहरुलाई सुन्ने काम मात्र गर्नु भएन, राहात तथा उद्धार कोषमा केही आर्थिक सहयोग समेत गरेर फर्कनु भयो ।

आज प्राप्त जानकारी अनुसार एनआरएन केन्द्रको अध्यक्षका लागि अर्का प्रत्यासी तथा बर्तमान उपाध्यक्ष कुमार पन्त आज साँझ कुवेत आउदैहुनुहुन्छ । उहाँको मुख्य कर्मथलो रसिया हो । भिजन २०२० को अवधारणा लिएर उहाँ आफ्नो चुनावी यात्राका क्रममा दर्जनौ देश विगतमा घुमिसकेको भए पनि कुवेतका लागि उहाँको शायद पहिलो भ्रमण हुनेछ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा…

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

प्रतिकृयाहरू
...