Monday 19th January 2026

महरालाई सिद्ध्याउन कसैले आफैलाई सिद्ध्याउने फैसला गर्ला र ?


तोयानाथ उपेक्षित – आचरणमा चरम विचलनको नमुना महरा काण्ड हुन पुगेको छ । दश बर्ष जनयुद्धको नेतृत्व गरेको पूर्व माओवादीका होनाहार कमाण्डर कृष्ण बहादुर महरा अहिले बलात्कार जस्तो घृणीत कार्य गरेको अभियोगमा पदबाट खुस्केका छन । महराले त्यस्तो कार्य गरेकै होईन र हो भन्नेहरुले सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरु तताउन शुरु गरिसकेका छन । जसले जे जति जुहारी खेले पनि अनुसन्धान ले त्यसलाई एउटा निश्कर्ष दिनेमा आशाबादी बन्नु सवैले पर्दछ तर सत्ताको बलमा यस घट्नालाई निश्पक्ष निराकरण गरिंदैन भन्ने आशंका रहनु स्वभाविक छ । सरकारप्रति बढदो अविश्वासनिय बातावरणलाई निर्मुल पार्ने यो मौका पनि हो । यसर्थ यसलाई सरकारले कसैको मुख र उचाई नहेरी दुधको दुध पानीको पानी बाहिर ल्याउनै पर्दछ । यदि महरा निर्दोष सावित भए भने यो भन्दा गंभिर आरोप त्यो उचाईको व्यक्तिको लागि ईतिहासमा नै पहिलो हुनेछ र लाखौको आस्था र आशा माथि बलात आक्रमण गरिएको ठहरिने भएकाले तिनले कुनै हालतमा उन्मुक्ति पाउने छैनन ।

बलात्कार जस्तो घट्नाको आरोप हुदै नभई म माथि भयो भनेर कुनै पनि स्वास्थ्य महिलाले शायदै भन्दछन। त्यसमा पनि एउटा राम्रै स्तरको जागिर खाईरहेकी, राम्रै पारिवारिक जीवन यापन गरिरहेकी महिलाले सित्तिमित्ती भन्दैनन । मिडियामा आएर बोल्ने साहास सभामुख महरालाई सिद्ध्याउन आफैलाई सिद्ध्याउने मुर्खता तिनले गरिन होला भनेर सामान्य तर्क दिनु कसैले पनि हुदैन ।

अनुसन्धानका क्रममा आरोप लगाउने महिलाको चरित्र, पृष्ठभूमी, पारिवारिक हैसियत, उनको दैनिकी, उठबस आदि सवै कुरा केलाईन्छन । बलात्कार भएको प्रकृति, त्यस समयमा पारिवारका सदस्यहरुको अवस्था, उनको स्वास्थ्य जाँच आदी कुरा अनुसन्धानमा खुल्नेछन । महरासँगको टेलिफोन संवाद वा उनको घरमा आएको गएको देख्ने मानिस पनि हुन सक्दछन । यी सवै कुरामा ठुलो सानो मान्छे नभनी निश्पक्ष जाँचपडताल हुन जरुरी छ र सवैको जीवनको मुल्य समान हो सवैले न्याय पाउन पर्दछ । यसका लागि सत्य कुरा विवादरहित ढंगले बाहिर आउनै पर्दछ । यसो हुन सक्यो भने कानूनी राजको अनुभुती दिलाउने यो सरकारलाई अवसर पनि हुनेछ । एउटा ठुलो नेताले आफूलाई यो अवस्थामा पुरयाउनु बास्तबमै कम्युनिष्ट चरित्र होईन घोर नैतिक विचलन हो ।

महरा एक हिसावले चुकिसकेका छन । उनको सचिवालयले आतिएर विज्ञप्ति निकालेको १२ घण्टा नवित्दै राजीनामा दिन पुग्नु नैतिकता प्रस्तुत मात्रै नभएर सिंगो मुलुकभरबाट उठेको दवाव र स्वयं उनको पार्टीलाई लागेको आशंकाले दिएको दवाव पनि हो । उनको राजीनामाको भाषा अझै पनि ठिक छैन । सभामुखमा म फर्किन्छु त्यतिन्जेलका लागि भन्ने देखिन्छ । उनमा त्यो विश्वास हुनु राम्रै कुरा हो तर राजीनामा दवाव जेल्नका लागि रचिएको नाटक मात्र त होईन भन्ने तिर शंकाको सुई घुमेको छ । तत्कालको अवस्थालाई शामसुम पार्ने र पुरै शक्ति उनलाई जोगाउन लगाउने योजनाबाट आएको राजीनामा हो की भने जस्तो ठाउँ राखेर पत्र प्रेसित गरिएको नहोस । उनले भने जस्तो कसैले महरालाई सिद्ध्याउन कठपुतली तयार गरेको नै सत्य सावित होस तर जबरजस्ती कठपुतली बनाएर न्याय मार्ने काम भने कदापी नहोस ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...