Tuesday 7th May 2024

एनआरएनए एनसीसीको पञ्जिकृत सदस्यको पर्खाइ


सुरज मास्के – कुनै पनि संगठनमा रहेर काम गर्नु र यसलाई अघि बढाउनु अत्यन्त चुनाैतीपूर्ण कार्य हो । अझ गैरआवसीय नेपाली संघ जस्तो संगठनलाई अघिबढाउनु मध्यपूर्वमा मेरो एनआरएनए भन्ने बनाउनु झनै कठिन कुरा हो । नजिकिएको विश्व सम्मेलनमा एनसीसी कुवेत एवं समस्त मध्यपूर्वका एनसीसीहरुले धेरै योजना ल्याउनुहुनेछ । ठुला ठुला कुरा हुनेछन् त्यसमा पनि यी विषयहरु भुल्नै नहुने विषय हुन् ।

भर्खरै मात्र बनेको नयाँ कार्य समितिमा अनेकन अवसर छन् भने अर्कोतिर चुनौति पनि त्यतिकै छ । विगत डेढ महिनको कार्य हेर्ने हो भने सबै संग सहकार्य गरेर जाने चाहना एनसीसी कुवैतले देखाएको छ । यति हुँदाहुँदै पनि आफ्नो २ वर्षे कार्य योजना के कस्तो हुने हो कुनै पनि पञ्जिकृत सदस्यहरुले समेत थाह पाउन सकेका छैनन् । एनसीसी कुवैतले विश्व सम्मेलनलाई लक्षित गरेर सुझाव संकलन गरी एउटा राम्रो सन्देश भने दिएको छ । उक्त सुझावहरुको टिपोट र बुझाउने रिपोर्ट तथा मागहरु कम्तिमा सुझाव कर्ता र पञ्जिकृत सदस्यहरुलाई विश्व सम्मेलन पुर्व नै जानाकारी गराउँदा सबै पञ्जिकृत सदस्यहरु तथा सुझावकर्ताहरुमा अपनत्व बढ्ने कुरामा दुइ मत हुन सक्दैन । यसका साथै यस संघले यस पटकको विश्व सम्मेलनमा निम्न कुरामा ध्यान दिन जरुरी देखिन्छ ।

१. सामुहिक लगानी तथा स्वरोजगारको विषयमा
एनसीसी कुवैतको संयोजनमा नै यस कुवैतमा सम्भवतः पहिलो पटक सामुहिक लगानी र स्वरोजगार शिर्षकमा चेतनामुलक कार्यक्रम भएको थियो र सो कार्यक्रमबाट नै युएइ, ओमान र कुवैतमा कार्यरत युवाहरु मिलेर सुचना प्रविधि सम्बन्धि कम्पनि खोली अफिस समेत खोलिसकिएको छ। भलै यसमा एनसीसीका कुनै पनि पदाधिकारीहरु सम्मिलित छैनन् । त्यस्तै वर्तमान अध्यक्ष सम्मिलित कृषि सम्बन्धि कम्पनि पनि चितवनमा स्थापना भइ सकेको छ । सामुहिक लगानी मुलरुपमा थुप्रै साना लगानीहरुको संगालो हो जसलाई कुनै उचित ठाउँमा लगानी गरिन्छ । यदि यसको प्रवर्द्धन गरि अझ बढाएर लैजाने हो भनै यसमा ठुलो लगानी संकलन हुनुका साथै भविश्यमा वैदेशिक रोजगारीको अन्तय पछि पनि पक्कै टेवा पुग्नेछ । यस प्रकारको योजना खाडीलाई लक्षित गरी बनाउन यसपटक कुवेत एनसीसीले दबाब दिन जरुरी छ ।

२. सुरक्षित र मर्यादित वैदेशिक रोजगारी
खाडी तथा मलेशियामा कार्यरत नेपालीहरु दोहोरो श्रम सम्झौता तथा अन्य कारणहरुले असुरक्षित त बन्दै छन्  भने विशेष गरी घरेलु कामदारहरु पुर्णतः असुरक्षित नै छन् । यसका लागि आइसीसी र सरकारसंग सम्मन्वय गरी सुरक्षित र मर्यादित बनाउन अहम भुमिका खेल्नु पर्ने हुन्छ । जीवनको आधाकाल विदेशमा विताउँदा पनि वैदेशिक रोजगारीमा जानेहरुको लागि न त कुनै सामाजिक सुरक्षाको व्यवस्था छ, न त अन्य कुनै सुविधाको नै । सामाजिक सुरक्षाको नाम दिएर गैरआवसीय नेपाली संघले सुरु गरेको हजारे अभियान तत्काल कार्यन्व्यन गर्न समेत दबाब दिन जरुरी छ। वैदेशिक रोजगारीको अन्त्य गरी नेपाल जान चाहनेहरुको लागि नेपाल पुग्नु अगावै ऋण स्विकृत गर्नु पर्ने ब्यवस्था समेत गराउन पहल गर्नु पर्छ ताकी नेपाल गएर योजना बनाउने र बैंक धाउनमा नै समय खेर नजाओस ।

कुवैतको हकमा घरेलु कामदारको डाटा स्वयं संघले समेत राख्न पहल गर्ने र यसको लागि आइसीसीसंग सहयोग माग्न सकिन्छ । यसो गर्दा कसले अवैधानिक बनाउछ र किन अवैधानिक बन्नु हुदैन भन्ने कुराको जानकारी समेत सबैलाई दिलाउन सकिन्छ भने समस्यामा परेकाहरुको छिटो उदार गर्न सकिन्छ र मेरो एनआरएनए भन्ने भावना सवैमा जगाउन सकिन्छ । त्यस्तै अवैधानिक कार्यमा संलग्न भै नेपाल र नेपालीकै अविश्वास बढाउने एवं बदनाम गराउने खालका गतिविधि बढिरहेको अवस्थामा विभिन्न सचेतनामुलक कार्य गर्न जरुरी छ । यसका लागि केन्द्रको सहयोग आवश्यक परेको खण्डमा सहयोग लिन सक्ने अवस्था सृजना गर्नु पर्ने हुन्छ । बूदागत रुपमा,
क. दूतावासको सहयोगमा सबै घरेलु कामदारको डेटाबेस तयार गर्ने
ख. विभिन्न चेतनामुलक कार्य गर्ने
ग. सामाजिक सुरक्षाको व्यवस्था मिलाउने एवं हजारे अभियानको कार्यन्वयन गर्ने
घ. एनआरइ को सेवा-सुविधाको व्यवस्था गराउन पहल गर्ने
ङ. मृतकको शरीर दुतावासले प्रमाणित गरेपछि मात्र पठाउने र सर्वाङ्ग हुनपर्ने व्यवस्था मिलाउने

३. राष्ट्रिय मतदानमा मताधिकारको बारेमा 
सवैको आ-आफ्नै प्रकारका समस्या होलान, मध्यपूर्व एवं मलेशियामा कार्यरतहरुको अर्को आवश्यकता भनेको आफ्नो मताधिकारको प्रयोग गर्न नपाउनु हो । सम्माननीय सर्वाेच्च अदालतले समेत आदेश दिइसकेको अवस्थामा अझ सम्म पनि यसबारे खासै प्रगति भएको छैन । निकट भविश्यमै हुन लागेको उपनिर्वाचनमा समेत यो अधिकार गुम्ने निश्चित छ । जसरी दोहोरो नागरिकताको बारेमा आवाज बुलन्द गर्न हामीले सहयोग गर्यौं, त्यसरी नै मताधिकारको आवाज बुलन्द पार्न सरकार र आइसीसीलाई दबाबमुलक अनुरोध गर्ने ।

४. उम्मेदवारको छनौट
विश्व सम्मेलनमा उम्मेदवारी दिनेहरु सबै नै राम्रा छन् तर पनि सहि उम्मेदवारलाई जिताउनु या चुन्नु भनेको फलामाको चिउरा चपाए सरी नै हुनेछ । यति हुँदाहुँदै पनि हामी मध्यपूर्वको सबै एनसीसीहरुको साझा समस्या रहेको छ र हाम्रो समस्या बुझ्ने भनेको मध्यपूर्वकै उम्मेदवारहरु हुन्छन् । कुनै पनि वैचारिक संगठनबाट या गोप्य कोठे बैठक भन्दा पनि पहिला मध्यपूर्वका उम्मेदवारलाई जिताउन सबै एनसीसीसंग सम्मनवयकारी भुमिका एनसीसी कुवैतले खेल्नु पर्दछ । मताधिकार नितान्त व्यक्तिगत अधिकारको कुरा भएता पनि कुन उम्मेदवार किन भन्ने कुराको ज्ञान सबै पार्षदहरुलाई दिन पनि एनसीसीको कर्तव्य हो । यस पटक कुवैतबाट कुनै पनि पदका लागि उम्मेदवारी नपरेका कारण पनि सबै पार्शदहरु मतको लागि अन्य एनसीसी भन्दा स्वतन्त्र पनि छन् ।

यसका साथै विश्व सम्मेलनमा भएको कृयाकलापहरुको प्रतिवेदन हेर्न, सुन्न र बुझ्ने अधिकार सबै पार्षदहरुको रहेको छ, एक पञ्जिकृत सदस्यको हैसियतले यसको प्रतिक्षामा पंतिकार स्वयं पनि रहनेछ ।


सम्बन्धित शीर्षकहरु

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११…

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर…

धर्म हो पैसा मर्म हो पैसा देखेर हुन्न कर्म हो पैसा जवानी पैसा दिवानी पैसा मर्दको लागि शिवानी पैसा सेवा…

प्रतिकृयाहरू
...