Thursday 26th March 2026

मकाउ पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने केसी पक्राउ


तितोपाटी- वैदेशिक रोजगारीमा मकाउ पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं हाँडीगाउँ बस्ने रौतहट चन्द्रपुर नगरपालिका-३ का बिनोद बस्नेत‍/बिनोद मणि बस्नेत भनिने ४२ वर्षीय राजु केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

मकाउमा वर्किङ भिषामा आकर्षक तलव हुने भन्दै प्रलोभन देखाएर विभिन्न मितिमा पटकरपटक गरी १९ लाख १० हजार रुपैयाँ ठगी गरी फरार रहेका बस्नेतलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट राजु केसीको नामको ०५-५७०५८९ र बिनोद मणि बस्नेतको नामको ०६-४८४७४५ नम्बरका छुट्टाछुट्टै नामबाट लिएको २ वटा सवारी चालक अनुमतिपत्र समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेको बस्नेतलाई ठगी तथा लिखत सम्बन्धी कसुरमा आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठइएको उक्त महाशाखाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...