Wednesday 28th January 2026

मकाउ पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने केसी पक्राउ


तितोपाटी- वैदेशिक रोजगारीमा मकाउ पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं हाँडीगाउँ बस्ने रौतहट चन्द्रपुर नगरपालिका-३ का बिनोद बस्नेत‍/बिनोद मणि बस्नेत भनिने ४२ वर्षीय राजु केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

मकाउमा वर्किङ भिषामा आकर्षक तलव हुने भन्दै प्रलोभन देखाएर विभिन्न मितिमा पटकरपटक गरी १९ लाख १० हजार रुपैयाँ ठगी गरी फरार रहेका बस्नेतलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट राजु केसीको नामको ०५-५७०५८९ र बिनोद मणि बस्नेतको नामको ०६-४८४७४५ नम्बरका छुट्टाछुट्टै नामबाट लिएको २ वटा सवारी चालक अनुमतिपत्र समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेको बस्नेतलाई ठगी तथा लिखत सम्बन्धी कसुरमा आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठइएको उक्त महाशाखाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...