Wednesday 14th January 2026

चन्द्रयानको चोटमा पाकिस्तान रमायो


तोयानाथ उपेक्षित – विज्ञानले भौतिक जगतमा गर्दै गरेको अभुतपूर्व उपलव्धीमा चोट लाग्दा सारा दुनिया दुःखी छ तर यति बेला पाकिस्तान भने रमाएको छ । आज विहान भारतीय मिसन चन्द्रयान २ को असफलतामा पाकिस्तानका एक मन्त्रीले खुशी व्याक्त गर्दै ट्वीट गरेका छन । क्षमता नभएको काम गर्ने मुर्खता भारतले गरेको उनले भनेका छन ।

पृथ्वीको आयु छोटिदै गरेको र मानबजातीको बचाउ गर्न ब्रह्माण्डमा कुनै अर्को जैवीक ग्रह खोज्न ढिलो गर्न नहुने बैज्ञानिकहरुको विचारलाई साकार पार्न अन्तरिक्षको यात्रा र खोजको तिब्र थालनी भईरहेको अवस्थामा चन्द्रयान पनि त्यसैको एउटा हिस्सा थियो तर अन्तिम समयमा त्यसले सफलता हात पार्नबाट चुक्यो ।

चन्द्रयानले चन्द्रमाको कठिन भूगोललाई यात्राको लागि रोजेको थियो । जहाँको तापक्रम अति न्युन रहने गरेको छ । सूर्यको प्रकाश राम्रो सँग नपुग्ने ओसिलो क्रेटरमा चन्द्रयान अवतरण भए पछि यसले त्यहाँको सतहमा अप्रेसन गर्नु पर्ने थियो यसका लागि जमिनको मुनिको तापक्रम पत्ता लगाउन १० सेन्टिमिटर छेडेर परिक्षण गर्नेवाला थियो । यसरी नै सतह र त्यस माथिको तापक्रमको मापन गर्ने योजना थियो । जमिनमा पानीको अवस्थाको सुनिश्चितता गर्ने र चन्द्रमाको आयु पत्ता लगाउने यसको मुख्य उद्देश्य थियो ।

हाल सम्म चन्द्रमामा अमेरिका, रसिया र चिनले मात्र यानको सफल अवतरण गरेका छन । गत अप्रिलमा ईजरेलको अवतरण पनि असफल भएको थियो । भारत चन्द्रमामा पुग्ने चौथो देश बन्नबाट अलिकतिले चुकेको छ । तल गा्रफिक मा हेर्नु होस । जहाँ चन्द्रको धरातल छुन २ दशमलब १ किलो मिटर बाँकी छदा चन्द्रयानले बाटो विराएको देखिन्छ । रातो बाटो उसले छाडेको थियो । त्यसपछि उसको ईस्रो सँग सम्बन्ध विच्छेद भएको थियो । चन्द्रयानले पृथ्वीमा डेटा नपठाएको कारण उक्त यान दुर्घटनामा परेर काम नगर्ने अवस्थामा पुग्यो कि सुरक्षित नै छ भन्न गाहो हुने बैज्ञानिक तर्क छ । जब सम्म यानले कुनै संकेत पठाउदैन तब सम्म यसको अवस्था अज्ञात नै रहने छ ।

गत जुलाई २९ मा भारतको श्रीहरीकोटाबाट प्रक्षेपित चन्द्रयानले ४८ दिनको यात्रा गरेर चन्द्रमा पुगेको थियो । यसको प्रत्यक्ष प्रसारण हेर्न भारतीय प्रम नरेन्द्र मोदी ईस्रोको हेड क्वाटर पुगेका थिए । महिलाहरुको नेतृत्वमा रहेको यस मिसन सफल भएको भए चन्द्रमामा महिला भनेर प्रचार गरिने थियो तर त्यसो हुन पाएन ।

नौ सय ७८ करोड लगानीको चन्द्रयान मिसनका लागि भुटानका बैज्ञानिक एवं विद्यार्थीलाई पनि सामेल गरिएको थियो । मिसनको असफलता पछि भारतीय प्रम नरेन्द्र मोदीले मिसन चिफ शिबनलाई भेटि सान्त्वना दिएका थिए भने मिसन चीफ रोएका थिए । प्रम मोदीले मिसनले उद्देश्य नचुमे सम्म अभियान नरोक्ने समेत बताएका छन ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...