Friday 20th March 2026

डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु


एजेन्सी – दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ व्यक्ति बेपत्ता भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा ५ जनालाई जीवितै उद्धार गरिएको छ ।

क्यालिफोर्निया भन्दा ९० माइल टाढा रहेको तटीय क्षेत्रमा सोमबार मध्यरात दुर्घटना भएको हो ।

बेपत्ता व्यक्तिहरुको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार सोमबार बिहान ३:१५ बजे दुर्घटना भएको तटीय गार्डका क्याप्टेन मोनिका रोचेस्टरले बताएका छन् । डुङ्गामा ३९ व्यक्ति सवार रहेका पनि मोनिकाले बताए ।

-सिन्ह्वा


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...