Friday 27th March 2026

नेपाली चेलीको चीनमा तस्करी,घटनामा संलग्न १० जना


तितोपाटी- मनाव तस्करी गर्ने गिरोहले विभिन्न प्रलोभन देखाएर विवाहको नाममा नेपाली चेलीहरुको चीनमा तस्करी गर्ने गरेको पाइएको छ ।

मानव बेचविखन अनुसन्धान व्यरोको टोलीले विशेष सूचनाका आधारमा चीन बेचिन लागेका केही नेपाली चेलीको उद्दार गरेसँगै चीनमा नेपाली चेलीको तस्करी हुने गरेको रहस्य खुलेको हो ।ब्यूरोबाट खटिएको प्रहरी टोलीले बिभिन्न मिति तथा स्थानहरुबाट ४ जना पीडित युवतीहरुको उद्दार गरेपछि घटना बाहिर आएको हो। उक्त अपराधमा संलग्न ६ नेपाली तथा ४ चिनिया गरी जम्मा १०जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु २, हाल टोखा बस्ने रिना तामाङ भन्ने बिबिरानी तामाङ, नुवाकोट ककनी गाउँपालिका ४ हाल टोखा बस्ने रोज तामाङ, लमजुङ, बेशिशहर ३, हाल टोखा बस्ने पार्वती गुरुङ्, लमजुङ बेशीशहरकी अमृता गुरुङ, लमजुङ बेशीसहर गुम्बाचोकका ९भरत तामाङ, लमजुङ, साविक गाँउशहर ४, हाल काठमाण्डौ सानेपा बस्ने उषा कुमार घिमिरे रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले गाउँका सोझासाझा चेलीहरुलाई विभिन्न प्रलोभन देखाएर विवाहका नाममा चीन पठाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।पक्राउ पर्ने चिनियाँ नागरिकमध्ये जेङ सियाङ डोङ र ज्याङ डोङ हुइ चिनियाँ दलाल हुन् भने क्वान ग्याङ पिङ र क्वीन लियाङ नेपाली युवतीसँग बिहे गर्न आएकाको ब्युरोले जनाएको छ। पक्राउ परेकाहरुको साथबाट १२ वटा मोबाइल, करिब २२ लाख नेपाली रुपैयाँ, चिनियाँ यूआन २ हजार ३ सय र अमेरिकी डलर १ सय ९० बरामद भएको गरेको प्रहरीले जनाएको छ।
साभार खबर हब


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...