Thursday 2nd April 2026

कुवेतमा अर्को नेपाली रेस्टुरेन्ट संचालनमा


तितोपाटी- कुवेतमा एक पछि अर्को गर्दै नेपाली ब्यबसायीहरु बढ्दै गईरहेका बेला गत (२२ अगस्ट) बिहीबारका दिन कुवेतको जिलिब स्थित मुजुम्मा भवनमा दि नेपाली फूडलैंड रेस्टुरेन्टको उद्धघाटन गरि संचालन गरिएको छ।

लामो समय कुवेतमा कार्यरत तथा लोक गायक समेत रहेका चिरपरिचित डोलराज न्यौपानको एकल लगानीमा उक्त नेपाली फूडल्याण्ड नामक नेपाली रेस्टुरेन्ट खोलिएको हो ।

उक्त उद्धघाटन समारोहका प्रमुख अथिति नेपालि दुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा, त्यस्तै बिशेष अथितीमा तृतीय सचिव मनोज सिंह,एनआरएनए, कुवेतका अध्यक्ष सुजन केसी, पत्रकार महासंघ शाखा कुवेतका अध्यक्ष- हरिकृष्ण न्यौपाने, लगायत विभिन्न संघ संस्थाका परतिनिधि , पत्रकार, साथै कुवेतमा कार्यरत नेपालीहरुको उपस्थित रहेको थियो। त्यस्तै प्रमुख अथिति तथा बिशेष अथिति र रेस्टुरेन्ट संचालक डोलराज न्यौपाने द्वारा संयुक्त रुपमा रिवन काटेर उद्धघाटन गरेका थिए।

उक्त रेस्टुरेन्टमा नेपाली इन्डियन चाइनिज लगायत देशहरुका खाना पाइने छ भने नेपाली खाना मध्य सबै परिकारका खानाहरुको उपलब्ध रहेको र परदेशमा स्वदेशको त्रिशाना मेटाउने, संगै प्रवासमा आफ़्नत्त्व भेटाउने माध्यमको रुपमा उक्त रेष्टुरेन्टको स्थापना गरेको संचालक न्यौपानेले बताएका छन।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...