Sunday 29th March 2026

डिभी परेर अमेरिका उडेका मकवानपुरका वडाध्यक्षले इमेलबाट पठाए राजीनामा


तितोपाटी- निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका मकवानपुरभीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङले इमेलमार्फत राजीनामा पठाएका छन्।

पाँच महिनाअघि गत चैतमा अमेरिका उडेका घिसिङले बुधबार राजीनामा दिएको इमेल गाउँपालिकामा पठाएका हुन्। तीन महिनाका लागि विदा लिएका घिसिङ पाँच महिनासम्म वडा कार्यालय फर्केका थिएनन्। वडाध्यक्षज्यूले इमेलबाट राजीनामा पत्र पठाउनुभएको छ,’ गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन कुँवरले भने, ‘कुरियरबाट पनि राजिनामा पत्र पठाउनुभएको भन्ने सुनेको छु। नेपालमा आइपुग्न समय लाग्ला।’कुँवरका अनुसार वडाध्यक्ष घिसिङले घरायसी कामकाजका कारण पूरा कार्यकाल सेवा गर्न नपाएको राजीनामा पत्रमा लेखेका छन्। ‘घरासयी कारण देखाएर उहाँले राजीनामा माग गर्नुभएको छ,’ उनले भने।

गाउँपालिकाले वडाध्यक्षले पठाएको राजीनामा पत्र हेरेर निर्णय लिन बाँकी नै छ। राजीनामा स्वीकृत भएमा यहाँ पनि उपनिर्वाचन हुनुपर्ने हो। निर्वाचन आयोगले मंसिर १४ गतेका लागि उपनिर्वाचन तय गरिसकेकोले अब यहाँ उपनिर्वाचन हुने वा नहुने भन्ने एकीन छैन।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...