Saturday 7th March 2026

परदेश बाट फर्केर घरदेशमै बाख्रापालन


तितोपाटी- पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर व्यावासायीक कृषि पेशामा आबद्ध हुनेको संख्या बढ्दै गएको छ । स्याङ्जाको भीरकोट नगरपालिका–३ रानीडाँडाका ४० वर्षीय केशरजंग अधिकारी अहिले त्यही संख्यामा पर्छन् । ७ वर्ष दुबईमा पसिना बगाएर फर्किएका उनी अहिले नेपालमै रमाएका छन् ।

विदेशमा बोटमै पैसा फल्छ भन्ने समाजमा स्वदेश फर्किएर बाख्रापालनमा लाग्दा सुरुमा उनलाई मगज बिग्रिएको भन्ने पनि भेटिए । पछि विस्तारै समाज सकारात्मक बन्दै गयो । “अहिले त फोनमा अर्डर आउँछ, विदेशमा भन्दा स्वदेशमा पैसा बचाएको छु, त्यो पनि परिवारसँग रमाएर,” उनले भने । “दुबईमा हुँदा दुबो खुवाएर व्यावसायीक बाख्रापालन गरेको देखें ।” अधिकारीले भने, “खेर गएको दुबोको महत्व त्यहाँ बुझेपछि जन्मभूमिमै पसिना बगाउने अठोट गरेर स्वदेश फर्के ।” अधिकारीले आफ्नै गाउँमा २८ रोपनी जग्गा किनेर खोर निर्माण गरी ०७१ सालमा लेकाली बाख्रा फार्म दर्ता गरि २५ वटा बाख्रा पाल्न सुरु गरे ।

बाख्रापालन गर्नुभन्दा पहिले घाँसको व्यवस्थापन गर्न सके निकै सजिलो हुने अनुभव उनले सुनाए । ५० वटा बाख्रा पाल्दा वार्षिक ४ लाख कमाउन सकिने उनले बताए । बाख्राबाहेक वार्षिक रूपमा झण्डै ७० हजारको मल बिक्री गर्छन् अधिकारी । ५ रोपनी जग्गामा मण्डेला, नेपियर, भटमासेलगायत जातको घाँस खेती पनि गरेका उनले । झोलामा फर्म बोकेर अनुदान प्राप्त गर्ने दिन अन्त्य भएको उनी बताउँछन् । उनले फर्म सञ्चालन गरेको ५ वर्षमा नै गण्डकी प्रदेश सरकारबाट २ लाख ५० हजार अनुदान प्राप्त गरेका छन् । जिल्ला घरेलु विकास कार्यालयबाट कम्बाइन मिल, बोका खरिदका लागि ५० हजार, चापकटरलगायतका सामग्री अनुदानमा प्राप्त गर्दा उनी उत्साहित छन् ।
‘नमुना बाख्रा गाउँ’ स्याङ्जाका सदस्यसमेत रहेका अधिकारी भन्छन्, “वैदेशिक रोजगारबाट फर्किएकालाई हरेक वर्ष प्राविधिक ज्ञान नमुना बाख्रा गाउँले प्रदान गर्दै आएको छ ।” वास्तविक कृषकले ज्ञान पाए भने झोले कृषक आफैं पाखा लाग्ने अधिकारी दाबी गरे । जिल्ला हाल खसी बोका पाल्ने १ सय ३५ बढी फर्म दर्ता भएका छन् ।
साभार कारोबार दैनिक


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...