Saturday 15th November 2025

परदेश बाट फर्केर घरदेशमै बाख्रापालन


तितोपाटी- पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर व्यावासायीक कृषि पेशामा आबद्ध हुनेको संख्या बढ्दै गएको छ । स्याङ्जाको भीरकोट नगरपालिका–३ रानीडाँडाका ४० वर्षीय केशरजंग अधिकारी अहिले त्यही संख्यामा पर्छन् । ७ वर्ष दुबईमा पसिना बगाएर फर्किएका उनी अहिले नेपालमै रमाएका छन् ।

विदेशमा बोटमै पैसा फल्छ भन्ने समाजमा स्वदेश फर्किएर बाख्रापालनमा लाग्दा सुरुमा उनलाई मगज बिग्रिएको भन्ने पनि भेटिए । पछि विस्तारै समाज सकारात्मक बन्दै गयो । “अहिले त फोनमा अर्डर आउँछ, विदेशमा भन्दा स्वदेशमा पैसा बचाएको छु, त्यो पनि परिवारसँग रमाएर,” उनले भने । “दुबईमा हुँदा दुबो खुवाएर व्यावसायीक बाख्रापालन गरेको देखें ।” अधिकारीले भने, “खेर गएको दुबोको महत्व त्यहाँ बुझेपछि जन्मभूमिमै पसिना बगाउने अठोट गरेर स्वदेश फर्के ।” अधिकारीले आफ्नै गाउँमा २८ रोपनी जग्गा किनेर खोर निर्माण गरी ०७१ सालमा लेकाली बाख्रा फार्म दर्ता गरि २५ वटा बाख्रा पाल्न सुरु गरे ।

बाख्रापालन गर्नुभन्दा पहिले घाँसको व्यवस्थापन गर्न सके निकै सजिलो हुने अनुभव उनले सुनाए । ५० वटा बाख्रा पाल्दा वार्षिक ४ लाख कमाउन सकिने उनले बताए । बाख्राबाहेक वार्षिक रूपमा झण्डै ७० हजारको मल बिक्री गर्छन् अधिकारी । ५ रोपनी जग्गामा मण्डेला, नेपियर, भटमासेलगायत जातको घाँस खेती पनि गरेका उनले । झोलामा फर्म बोकेर अनुदान प्राप्त गर्ने दिन अन्त्य भएको उनी बताउँछन् । उनले फर्म सञ्चालन गरेको ५ वर्षमा नै गण्डकी प्रदेश सरकारबाट २ लाख ५० हजार अनुदान प्राप्त गरेका छन् । जिल्ला घरेलु विकास कार्यालयबाट कम्बाइन मिल, बोका खरिदका लागि ५० हजार, चापकटरलगायतका सामग्री अनुदानमा प्राप्त गर्दा उनी उत्साहित छन् ।
‘नमुना बाख्रा गाउँ’ स्याङ्जाका सदस्यसमेत रहेका अधिकारी भन्छन्, “वैदेशिक रोजगारबाट फर्किएकालाई हरेक वर्ष प्राविधिक ज्ञान नमुना बाख्रा गाउँले प्रदान गर्दै आएको छ ।” वास्तविक कृषकले ज्ञान पाए भने झोले कृषक आफैं पाखा लाग्ने अधिकारी दाबी गरे । जिल्ला हाल खसी बोका पाल्ने १ सय ३५ बढी फर्म दर्ता भएका छन् ।
साभार कारोबार दैनिक


सम्बन्धित शीर्षकहरु

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

प्रतिकृयाहरू
...