Saturday 7th March 2026

प्रवासमा जवानीको मोलमोलाइ


जवानीको मोलमोलाइ पनि कति हदसम्म छ भन्ने कुराको मुल्यांकन गर्न गाह्रो छ । माया प्रेम बिबाह भन्ने  कुरा आत्मिय मिलन र समर्पणबाट मात्र सम्भव हुन्छ ।

तिलक भण्डारी (कमल) – नेपालीहरुको बाध्यता हो, प्रदेश रहर होइन । वर्तमान परिवेशमा बेरोजगारी भइ प्रवास लाग्नेको बिमानस्थलमा घुइँचो थामिसक्नु छैन । प्रवास आइसके पछिको एकल जिवनले महशुस गरेको रमाइलो क्षण र जिवनमा भुल्न नसकिने चोटहरु तमाम छन । बैदेशिक रोजगारीमा कहिले रूने, कहिले हास्नेहरुको बिचमा बसेर निकै नियालेर हेर्ने गरेको छु ।

हामी नेपालीको लागी प्रदेशको रोजगारी रहर कि बाध्यता भन्ने बिषयमा अझै पनि धैरै जनमानसमा अन्योल छ । हामी किन र केका लागी यो दुख कष्ट खेप्नु परेको छ । भन्ने अझै पनि जानकारी नभए जस्तो देखिन्छ । त्यसकारण आफनो कर्तव्य र दायित्व भुलेर कहिले पनि खाडलमा खुटा हाल्ने काम गर्नु हुँदैन। हाम्रो लक्ष्य र उदेश्यको तय गरी अगाडि बढ्ने प्रयत्न गरौं, यो नै हामी सबैको चाहाना हो ।

लक्ष्य र उदेश्यलाइ निषेध गरी गन्त्वय भन्दा बाहिर जादा निस्कने परिणामको पनि थोरै ख्याल गर्ने गरौं ।हिजोआज क्षणिक सुखले गर्दा जिवनमा भुल्न नसकिने गरि चोट लिएर बजारमा प्रर्दशन भएका घटनाहरू हामी देखिरहेका छौं । एकले अर्कोलाई भुल्ने र भुलाउने खेल नै कबर्डी जस्तो छ । न थाक्ने न थकाउने यहि रोचक खेल देखेर हामी आफैलाई अत्यास लाग्ने गरेको छ ।
जवानी, समय र धन भन्ने कुरा हामी सबैलाई निश्चित मापदण्डले तय गरेको हुन्छ । कसैलाई सहजरूपमा प्राप्त हुन्छ भने कसैलाई जिवन भरी सर्घष गर्नु पर्ने  बाध्यता हुन्छ ।

जवानीको मोलमोलाइ पनि कति हदसम्म छ भन्ने कुराको मुल्यांकन गर्न गाह्रो छ । माया प्रेम बिबाह भन्ने  कुरा आत्मिय मिलन र समर्पणबाट मात्र सम्बभ हुन्छ । तर यहाँ बैदेशिक रोजगारमा आबद्ध धैरै जस्तो पुलिङ्ग  र स्त्रि लिङ्ग पैसाको लालचमा लागेर हामी बिच हुने समर्पणलाई पाखाँ लगाएको देखिन्छ । प्रेमको परिभाषाको जानकारी नभएको हो की, खरे खोलाको पानी जस्तो हो जवानी अडकल गर्न नै गाह्रो छ । तिम्रो जवानी सन्तुलन भएको भए त पकै पनि दुइ बिचको मिलनमा सिमित हुने थियो होला । आपसमा मुना र मदनको जस्तो कथन हुने थियो होला । यसैको बिपरित दिशा तिर लम्किरहेर होला ।  दुर्इ मिलन होइन दर्जन मिलनको अपेक्षा भएको छ ? के शरिर समुन्द्रको पानि जस्तै हो ? जस्ले जति बेला आफनो इच्छा अनुसार उपयोग गर्ने ? यो नै अति लजित बिषय भएको छ । जवानीको लुटाइ र उमेरको ढल्काइ सगै एकै रफतारमा गइरहेको छ । यहि बिचमा बसेर हुने कार्यले भोलि हाम्रो  जवानी अमिलको बोक्रा हुने पक्का छ । हाम्रो जवानी र समुद्रको नुन पानीको सन्तुलन भएन भने भोलि सिङ्गो समाजालाई नै दुषित गर्ने पक्का छ ।

आधुनिक दुनियामा रमाउने रहर सबैलाई हुन्छ । तर आधुनिक नाममा दर्जन संग खेल्ने रोइलाले पक्कै हाम्रो जवानी मात्रै होइन सिङ्गो समाज र परिवारको समेत चरित्रमा दाग लगाउने कार्य निश्चित हुन्छ । फरक – फरक सामजिक संजालको वार्तालापको लागि  साधन प्रयोग गरी जवानीको मोलमोलाइ गर्दा भोलि पक्कै पनि राम्रो नतिजा प्राप्त हुदैन । त्यसकारण यस्ता कुकर्मबाट टाढै बसेको धैरै पृथक रहन्छ । जिवन खरे खोलाको पानी र मेरो जावानी फरक हो भने कुराको स्मरण हुनु पर्छ ।

बिशेष गरी बैदेशिक रोजगारीमा जाने महिलाले ध्यान दिनु पर्ने हो । तर यस्तो छैन हिजोआज लोभ लालच क्षणिक सुखमा रमाउने प्रवृत्ति हाबि भएको देखिन्छ । नारी भनेको प्रकृतिको सुन्दर फुलबारी हो भन्ने कुराको हेक्का राखनु पर्छ । हरेक कुरा क्षणिक मात्रै हुन अन्तिम सत्य भनेको जवानी मात्र केहि समयको लागी मात्र हो । तर आफनो शरिर भनेको जिवनको अन्त्यसम्म चलने प्रक्रिया हो भने कुरा भल्नु हुदैन ।

अन्त्यमा नेपाली भएर नेपालीको सुन्दर परिचय दिने कार्यतिर लाग्ने प्रयास गर्ने र गराउने जिम्मेवार हाम्रो नै हो । हिमाल भन्दा अटल र सगरमाथा भन्दा उच्च शिर बनाउने काम गरौं । यो नै हामी सबै नेपालीको कर्तव्य हो ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...