Monday 12th January 2026

‘सोच’ मा नीता-प्रज्वलको प्रेम


तितोपाटी- एक्सन लभस्टोरी फिल्म ‘सोच’ को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । भदौ २० गते एकल प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पूजन सिंहबीचको प्रेम र द्वन्द्वको सेरोफेरो देखिन्छ ।केही समयअघि टिजर र एउटा गीत सार्वजनिक गरिएको फिल्मलाई पूजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् ।

पूजनकै कथा रहेको फिल्मको निर्मातामा गंगा रजक र एसडी रहेका छन् । सोच फिल्मस् प्रोडक्सन एन्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित फिल्मलाई विदुर पाण्डेले खिचेका हुन् । कृष्ण आचार्यको पटकथा, संवाद रहेको फिल्ममा एनबी महर्जनको द्वन्द्व, रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डीजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ । उत्तम केसी, विशाल पहाडी, सोनिका, किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । ‘सोच’लाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...